हालैको बाढीले खहरेमा परिणत धानखेतको प्रमुख थापाद्वारा अनुगमन

वीरेन्द्र रावल २०७८ मंसिर १८ गते २२:४० मा प्रकाशित

वीरेन्द्र रावल,धनगढी मंसिर १८÷असोज ३१ गतेदेखि बेमौसमी वर्षा भयो।बेमौसमी वर्षासंगै बाढी र पहिरो गयो।बढिपहिरोले धान खेत खहरेमा परिणत भयो।

धानखेत खहरेमा परिणत भएको दुखेसो सुनाउँदै चुरे गाउँपालिका वडा नम्बर १ का किसान कर्ण छेडालले भन्नुभयो—हामीले बर्खे बाली धान त भित्र्याउन पाएनौं। खेत सबै खहरेमा परिणत भयो।अब त खेती गर्ने जमिन नै बाँकी रहेन।

खेतीपाती गरेर घरको गुजारा चलाउन्थ्यौं,उहाँले भन्नुभयो—अब त खेती गर्ने जमिननै रहेन,कसरी गुजरा चलाउने।कसरी घर खर्च चलाउने उहाँले दुखेसो गर्नुभयो।

अबिरल वर्षाले धान सबै बगायो,धान खेत पनि बगरमा परिणत भयो,अर्का किसान लालबहादुर बलमे भन्नुभयो—अब त भोकमारी हुने भयो।घर खर्च कसरी चलाउने।घरका १० जनाको परिवार छ।सबै खेती किसानीकै भरमा बाँचेका छौ,उहाँले भन्नुभयो—निर्माणाधीन फास्ट ट्रयाकमा नाला व्यवस्थापन नहुँदा र भएको स्थायी तथा अस्थायी खोला मासिदा वर्षासंगै आएको बाढिपहिरोले खेत खहरे परिणत हुन पुगेको हो।

उहाँले निर्माणाधीन फास्ट ट्रयाकको नाला व्यवस्थापन नहुँदा दुई वर्ष अगाडि आफ्नो खेत बगाएको दुखेसो सुनाउँदै भन्नुभयो— सम्बन्धित निकायलाई जानकारी गराउँदै पनि कुनै पहल नगरेका कारण यो क्षेति बेहोर्नु परेको हो।अहिले चुरेको वडा नम्बर १ किम्तोलाका खेतबारी मात्रै हैन।अब त गाउँनै बाढिपहिरोको जोखिममा रहेको छ,उहाँले भन्नुभयो।

वातावरणीय प्रभाव मुल्यांकनबिना चुरेमा निर्माणका कार्य गरिदा चुरे क्षेत्रका खेतहरु खहरेमा परिणत हुँदै गएका छन।पछिल्लो समय विकासका नाममा चुरे क्षेत्र विनास गरिएका कारण चुरेका खेतहरु मात्र नभई बस्तीहरु पनि बाढिपहिरोको उच्च जोखिममा रहेका छन।

जिल्ला समन्वय प्रमुख थापाद्वारा अनुगमन जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाले विहीबार कैलालीको दुर्गम गाउँपालिका चुरे क्षेत्रमा बापहिरोले पुगाएको क्षेतिको अनुगमन गर्नुभएको छ।

अनुगमनका क्रममा बेल्दै जिल्ला समन्वय समितिका प्रमुख थापाले चुरे क्षेत्रमा विकासका नाममा भइरहेको विनासलाई रोक्नका लागि पहल भइरहेको बताउनु भयो।

उहाँले भन्नुभयो( पछिल्लो समय चुरे क्षेत्र विकासका नाममा विनास हुँदै छ।चुरेमा भइरहेको विनासले खेतबारी मात्र भनई बस्तीनै जोखिममा रहेकाले चुरेका बस्तीहरुलाई एकीकृत गर्न जरुरी छ।

उहाँले चुरेमा भइरहेको विकासले चुरेका प्राकृतिक खोलाहरुलाई नासिएका छन। जसले गर्दा चुरेका खेतबारीहरु खहरेमा परिणत हुँदै छन।त्यसैले चुरेमा भइरहेको बिकासलाई वातावरणीय प्रभाव मूल्यांकनबिन नगर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने बताउनु भयो।

उहाँले चुरेका बाढिपहिरो पीडित किसानलाई राहत प्रदान गर्न सम्बन्धित निकायसंग पहल गरिने बताउनु भयो।उहाँले भन्नुभयो—राहतका लागि पीडित किसानको नाम संकलन गर्न स्थानीय निकायलाई निर्देशन दिइएको छ।

त्यस्तै,अनुगमनका क्रममा बेल्दै चुरे गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टेकबहादुर शाहले पीडित किसानहरुको नाम संकलन गरी राहत वितरण गरिने बताउनु भयो।

उहाँले भन्नुभयो— स्थानीय सरकारले राहत वितरणका लागि निर्देशिका तयार पारेको छ।

निर्देशिका अनुसार राहत वितरण गरिने उहाँले बताउनु भयो।चुरेमा भइरहेको निर्माणका कार्यलाई सरोकारवाला निकायले समय—समयमा अनुगमन गर्नुपर्ने बताउँदै चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालका अध्यक्ष वीरेन्द्रबहादुर रावलले विकासका नाममा भइरहरेको विनासलाई रोक्नु पर्नेमा जोड दिनुभयो।

चुरे क्षेत्रमा भैरहेका वातावरण विनासका घटनालाई न्यूनिकरण गर्दै आम मानिसहहरुलेभोग्दै आउनु परेका भुक्षय,बाढी, पहिरो जस्ता समस्याको समाधानका लागि राज्यले बिशेष संरक्षणका कार्यक्रमहरु अघि सार्नु पर्ने माग आम पिडितहरुको रहेको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया