ओबीसी महासंघको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ मंसिर १८ गते ११:२५ मा प्रकाशित

पिछडावर्ग (OBC) को हक हित र अधिकारका लागि स्थापित नेपाल पिछडावर्ग (OBC) महासंघ एउटा स्वतन्त्र संगठन हो।२०६१ सालमा स्थापित यो महासंघले पिछडावर्ग (OBC) का ३ दर्जनभन्दा बढी जात जातिहरुको हक,हित र अधिकारको लागि निरन्तर संघर्ष गर्दै करिब ५० लाखको जनसंख्यामा रहेका पिछडावर्ग (OBC) को आरक्षण र संवैधानिक आयोग लगायतको मागमा आन्दोलनरत छ।

राष्ट्रीय महाधिवेशनको तयारीमा जुटेको महासंघले पिछडावर्ग (OBC) को मागमा सबैको सहयोग लिने तर,स्वतन्त्र रुपमा काम गर्ने जानकारी सबैमा अनुरोध छ ।कसैको भ्रम र बहकाउमा नपरी पिछडावर्ग (OBC) को अधिकारको लागि एकजुट भई काम गर्न महासंघमा आबद्ध जातिय संघ संस्था, बौद्धिक वर्ग एवं शुभेच्छुकहरुमा महासंघ हार्दिक अपील गर्दछ।

पिछडावर्गमा कुशवाहा,कुर्मी,कुम्हार,कहार,केवट,कानु,कलवार,कमार,तेली,नुनिया,बनिया,बरैई,बढैई,भेडिहर,माली,मल्लाह,यादव,राजभर,राजधोव,रौनियार, लोहार,लोध,सुडी,सोनार,हजाम,हलुवाई,अमात,केवरत,बिन्न,जोगिया,कलाल,कमलापुरी वैश्य,पटनवार,कलाबन्जर,वोट,कथबनिया,कमकर,चनऊ आदी जात जातिहरु रहेका छन्।

जय ओबीसी ।

कौशल कुमार सिंह
राष्ट्रिय अध्यक्ष

प्रतिक्रिया