राप्रपा नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थापा र लिङ्देन भिड्दै

इनेप्लिज २०७८ मंसिर १८ गते ११:११ मा प्रकाशित

 

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ।काठमाडौंको भृकुटीमण्डपमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका साथै केन्द्रीय सदस्यमा भने विद्युतीय मतदान गर्नुपर्ने व्यवस्था छ।

एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।निर्वाचनमा देशभरबाट आएका चार हजार ७ सय प्रतिनिधिले नयाँ नेतृत्व छान्ने छन्।

मंसिर १५ देखि जारी महाधिवेशनबाट अध्यक्ष,चार उपाध्यक्ष,तीन महामन्त्री गरी आठ पदाधिकारीसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता भएको छ।अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्ष र महामन्त्रीमा कम्तीमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ।चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ।

उम्मेदवारी दर्ताबाट करिब ५० लाख सङ्कलन भएको जनाइएको छ।दुई वर्ष अगाडि राप्रपा र राप्रपा ९संयुक्त० को एकतापछि पहिलो पटक हुन लागेको उक्त अधिवेशनमा यसपटक नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ।

यसैबीच दुबै प्यानलबाट उपाध्यक्षको उम्मेदवार रहेका पूर्वमन्त्री विक्रम पाण्डेले लिङ्देनलाई साथ दिएका छन भने अध्यक्ष पशुपति शम्शेर जबरा भने अझै तटस्थ देखिन्छन् । अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि लिङ्देनलाई साथ दिएका छन।

प्रतिक्रिया