जस्तो बोली उस्तै काम,दुई नम्बरी चल्दैन, पोखराको रत्नमन्दिर र हिमागृह खुलछ: भाइरल मंत्री प्रेम आले

इनेप्लिज २०७८ मंसिर १८ गते ४:२८ मा प्रकाशित

पोखरामा निर्माणधीन अवस्थामा रहेको पोखरा क्षेत्रिय अन्तररास्ट्रिय विमानस्थलको अवलोकन गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अब पोखराका हिमागृह र रत्नमन्दिर खुला गर्न आफूले सक्दो पहल गर्ने बताएका छन्।

पोखरा पर्यटन परिषद्को २१ औं बार्षिक साधारणसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री आलेले हिमागृह र रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरे पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिने बताएका छन् ।

बेला बेलामा भाषण गर्ने क्रममा सब्द चिप्लिएर विवादित बन्दै आएका मंत्री आले यति बेला पछिलो समय सबैले रुचाएका मन्त्रीको रुपमा चिनिदै आएका छन्।केहि दिन आगाडी पनि काठमाण्डौ बिमानस्थलमा आफुनै खटिएर समस्याको समाधान गरेका आलेले पोखरा विमानस्थल पनि समयमा नै सक्ने गरेर काम गर्न निर्देशन दिएका छन्।

बिगतमा हुदै आएको अनिमिटता र जनतालाई सास्ती दिने काम अब रोकिनुपर्ने देखिएको मंत्रे आलेको भनाई रहेको छ।यो वर्षको बजेट भाषण भैसकेपछि आफु मंत्री भएको कारणले काम गर्न गाह्रो भएको भए पनि आगामी नया वर्ष सम्म पनि आफु मंत्री पदमा रहेमा बिकासको काममा राम्रो बजे हाल्न लगाउने र काम गराउने सोचमा आफु रहेको उनले जनाएका छन् ।

प्रतिक्रिया