अस्ट्रेलियाको भिक्टोरियन बहुसांस्कृतिक आयोगमा पुन: जिलोङका ज्ञानेन्द्र उप्रेती

इनेप्लिज २०७८ मंसिर १८ गते ४:१९ मा प्रकाशित

बहुसांस्कृतिक देशको रुपमा परिचित अस्ट्रेलियाको भिक्टोरिया राज्य पनि विस्वभरका देशका नागरिकको साझा घरको रुपमा मानिन्छ अधिकांश देशका नागरिकको बसोबास यहाँँ भएकोले।भिक्टोरिया राज्य सरकारले यस भित्र बसोबास गर्ने सबै देशका महत्वपूर्ण चाड पर्ब मनाउन र तिनीहरुको संरक्षण र प्रबर्द्धन गरी सबैलाई एकताबद्ध गरी अगाडि बढ्न Victorian Multicultural Commission (भिक्टोरियन बहुसांस्कृतिक आयोग) मार्फत काम गर्ने गर्छ।आफ्नो कामलाई ब्यबस्थित गर्नका लागि यस्ले दुइ-दुइ बर्षमा दुई बर्षका लागि सल्लाहकारहरु नियुक्त गर्ने क्रममा २०१९-२१ का लागि बारवन साउथ वेष्ट रिजनको प्रतिनिधित्व हुने गरी रिजनल अडभाइजरी काउन्सिल (RAC) मा जिलोङ निवासी ज्ञानेन्द्र उप्रेतीलाई नियुक्त गरेको थियो र सो जिम्मेवारी २०२१-२३ को लागि पनि उप्रेतीलाई पुन: प्रदान गरिएको छ।

सोसियल वर्क्समा मास्टर्स र अन्तराष्ट्रिय बिकासमा ग्राजुएट डिप्लोमा गरेका उप्रेतीले युनाइटेड अरब एमिरेटसमा जिइसिओमा बिजिनेस डेभलपमेण्ट मैनेजर, कम्युनिटी इन्फरमेशन एण्ड सपोर्ट भिक्टोरियामा प्रोजेक्ट अफिसर,दि साल्भेसन आर्मी भिक्टोरिया एन्ड सेण्ट जोन अफ गड हस्पिटलमा सोसियल वर्कर,अस्ट्रेलियाको भिक्टोरियाको रेडक्रसमा केस मैनेजरको अनुभब बटुल्नुका साथै जिलोङमा हुने बिभिन्न पाको फेस्टा,भिजिट नेपाल जस्ता गतिबिधिहरुमा पनि सकृय छन।

भिक्टोरियन बहुसांस्कृतिक आयोगमा पुन:सल्लाहकारको भूमिका निर्बाह गर्ने जिम्मेवारी पाएका उप्रेतीलाई ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिले पनि GGNEC Lead Strategist and Practice Lead को जिम्मेवारी प्रदान गरेको छ।

बिशेष परिस्थितिबस अपर्झट नेपाल जानु पर्ने भएका कारण लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उप्रेतीलाई टेलिफोन मार्फत आफ्ना कामको अनुभवको आधारमा नेपाल र नेपालीको प्रतिष्ठा उचो राख्ने गरी प्राप्त पदीय दायित्वहरुलाई निर्बाह गर्दै उल्लेखनिय उपलब्धीका साथ आफ्ना  कार्यकाल पुरा गर्न सफलता मिलोस भनी हार्दिक शुभेच्छा प्रकट गरेका छन।

प्रतिक्रिया