रामहरीको राजकुमारी बनिन् प्रियारानी (भिडियो)

इनेप्लिज २०७८ मंसिर १८ गते ३:३१ मा प्रकाशित

काठमाडौं।मिस विश्व कस्मोपोलिटन–२०१९ का विजेता तथा भिजे एंव मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन्।रोनिश एण्ड ड्याड प्रोडक्शनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भुमिकामा देखिएकी हुन्।

गीतमा उनी मोडल रामहरी खड्काको राजकुमारीको रुपमा प्रस्तुत भएकी छन्।राजकुमारी बोलको उक्त गीत राजधानीको क्युज हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेका छन्।कार्यक्रममा निर्माण टिम र अतिथीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाईएको बताईन्।नेपाल पर्यटनका लागि संभावना बोको देश भएको हुदाँ गीतमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने बताईन्।गीतलाई मनाङ,मुस्ताङ लगायतका ठाउँमा खिचिएको छ।

यस्तै निर्देशक थापाले नेपाली भिडियोहरु गुणात्मक रुपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिश गरेको बताए।गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने यूवाहरुको प्रेमलाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ।

प्रियारानी र रामहरी फिचर भएको गीतमा स्वर र संगीत भने निरज लामाको रहेको छ । खगेन्द्र भट्टराईले गीतको शब्द रचना गरेका छन्।

राजकुमारी गीतलाई रुपेश थापाले निर्देशन र छायँकन गरेका छन्।सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

प्रतिक्रिया