“छन्दमा टुक्का अभ्यास श्रृङ्खला-७” अन्तर्गत कर्खा लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ मंसिर १७ गते २२:११ मा प्रकाशित

काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा मिति २०७८ मङ्सिर ८ गते बुधबार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-७” अन्तर्गत कर्खा लाेक छन्द मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।

छन्द प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सन्चालन भएकाे उक्त कार्यक्रममा स्वदेश तथा विदेशका विभिन्न स्थानबाट २२ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

टुक्का साहित्य समाजका अध्यक्ष तथा उक्त कार्यक्रमकाे परिकल्पनाकार ताराप्रसाद चापागाईंले नव लघुत्तम प्रविधा टुक्का लाई छन्दमा लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सन्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यले “छन्दमा टुक्का” अभ्यास श्रृङ्खलाहरू सञ्चालन हुदै अाएकाे बताउनु भयाे।

कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईं तथा प्रशिक्षक खग्रासले उत्साह पूर्वक सहभागी भई कर्खा लोक छन्दमा टुक्काहरू श्रृजना गरेकाेमा सम्पूर्ण सर्जकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयाे ।

कर्खा लोक छन्द
शुत्र ५+५,५+५=२० अक्षर

अभ्यासकाे क्रममा सङ्कलन गरिएका टुक्काहरू
१)
१.
कस्तो यो दैव निर्दयी बन्यो,आँखाले पनि आँसु नै झार्‍यो,
सुखको बेला दुःखको खेती, कुहियो अन्‍न लौ पीर पार्‍यो।
२.
ऊ राजनेता लाएर माला, आए है आमा नमन गर्दै,
के गर्नु त नि धर्धरी रोए, भोट त्यो माग्दै शरण पर्दै।
✍️ अनिल खग्रास
पर्वत

२)
१•
नेपालभित्र जन्मेर मात्र, नेपाली त्यसै बनिन्छ कहाॅ,
रगत अनि पसिना चोखो, सिंचाई गर्नु पर्दछ यहाॅ।
२•
पुर्खाको गाथा गौरव ठूलो,लिएर अघि बढ्नु छ सदा,
बैरीले धावा बोलेछन् भने,उचाली ठीक पार्नु है गदा।
✍️ घनश्याम पौडेल
सृजना चोक,पोखरा

३)
१.
सिंचाई गर्नु बञ्जर भुमि उब्जाउ अन्न बिकास हुन्छ,
हाम्रो देशले त्यहिदिननै संसारको यो आकास छुन्छ।
२.
आउ मिलेर अखण्ड देश बनाउँ हामि दुश्मन भाग्छ,
हाम्रो एकता देखेपछिनै सबै संसार समेत जाग्छ।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

४)
१.
बैरीको अघि म नाम जप्दा,प्यारो जननी नेपाल लिन्छु
परि आओस देशको लागि, साथ नै किन यो ज्यान दिन्छु।
२.
दुस्मन सामु नेपाली हामी,लोभलाभमा लाग्दैन बिर
जब रहन्छ गोर्खाली युवा,तब सम्म यो झुक्दैन शिर।
✍️ मन बहादुर पुन मगर
आठविसकोट न.पा.८, रुकुम पश्चिम

५)
१.
पाँच वर्षमा आउने नेता शरण पर्दै विलाप गर्ने
चुनाव जिति शहर पसि आफ्नै भकारी पैसाले भर्ने ।
२.
दिएर चोट मायामा आज जलाइ मुटु छोडेर गयौ
प्रेमको ज्वाला दन्काई तिमी भुलेर साथ पराइ भयौ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०,मोरङ
हाल- प्रवास

६)
१,
बुवाले पनि छाडी जानुभो,आमाले पनि छाडी जानुभो,
सन्तान सबै एक्लो पारेर,माया ममत्व सबै लानुभो।
२,
दैबको लिला एस्तै रहेछ,टिपेर लग्यो सबै छाडेर,
बन्धु बान्धव सारा छाडेर,भएको माया सारा बाँडेर।
✍️ लक्ष्मी श्रेष्ठ
बिर्तामोड झापा

७)
१.
नेपाली हामी बिश्व कै नामि खेती र बाली गरेर खान ,
त्यो भिर पाखा गर्न लौ जान अन्नको नाम्मा उब्जाउ धान।
२.
राम्रो छ देश सुन्दर हाम्रो हामीले पाछौं गोर्खाली सान ,
देखाउ नेता नेपाली काम बिरको गाथा पुर्खा को मान ।
✍️ बेदु न्यौपाने,काठमाडौ

८)
१.
मनका कुरा मनमै पारी,नबस्नु आफ्नो आकांक्षा मारी,
संघर्ष गर सफल हुन,वैरिका सामु आँसु नझारी।
२.
मरेर गए फर्किन्न फेरि नबस्नु तिमी तस्विर हेरि
हाँसेर बस्नु तिमीले पनि कसैको साथ अङ्गालो बेरि।
३.
फाटेको मन जोडिन्न अब जवानी बैंस नफाल खेर
कसैको भर नपर पृय जिन्दगी फेरि आउन्न हेर।
✍️ ललिता अभागी
सुनकोशी-५ सिन्धुली

९)
१.
गाउँको खेती छ यति यति ,खानलाई कैले नि पुग्दैन ,
बाह्रै मैना जोतिन्छु काममा,दुःख चाहि कहिले लुग्दैन।

बनी गर्छु मागेर ल्याउछु,ढिडो र रोटो मकैको पिठो ,
मिलेर खान्छौ एक् छाक टर्छ,सिस्नुको साग चोवेर मीठो।

कसरी हुन्छ भनन अामा देश सिंगार्ने देखेनन् बाटो ,
बिदेशमा छोरा तिमी यहा बन्जर बन्यो उर्वर माटो ।

सपना थियो बाबाको मीठो तिमीलाई संधै खुसी राख्ने ,
खुसी र सुखि सन्तान बाट मीठो प्रतिफल् तिमीले चाख्ने ।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

१०)
१.
अब त सानी ठूली भइछे,सधैँ मस्किएर हिँड्ने गर्छे,
पुगेर पार्लर हप्तै पिछे,अनुहारमा  फोहोरो भर्छे।
२.
कहिले परेली खौरिएर,क्रियापूत्री जस्तै बनी दिन्छे,
सम्झाउन अघि सर्यो भने,केटोले जस्तै एक्शन लिन्छे।
✍️ अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

११)
१.
जातको यहाँ हेर्नुस् हजुर, ठूलै बनेछ जस्तो छ पात्रो ,
मरे भने बासमा बाधिने,सबैलाई एउटै हो कात्रो ।
२.
पिर पर्दा हाँसीहाँसी कुरा ,गर्ने समाजमा नै भएछन्,
डाको छोडि रूँन खोज्दा पनि,पागल छ भनेर गएछन्।
३.
मेरी बुढी प्यारी आमालाई ,साझँपख सम्झेर सिरानी ,
रूँन खोज्दा पनि त झर्दैन ,भिजेको छ आँखाको यो पानी।
✍️ कान्छी बिनिता विश्वकर्मा
बाजुरा

१२)
१.
नेपाली हामी हिउँको पानी प्यास मेटाई  अब खाउँला
डाफेको रंग चरी नै दङ्ग हिमाल पारी घुम्न जाउँला
२.
नेपाली वीर देशका सिर नझुक तिमी  युद्ध गर्नुछ
खोलानै तर्नु हिउँमा पार्नु  आज देशका  निम्ति मर्नुछ
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका o४, बिगारे जुम्ला

१३)
१.
मिहिनेत गरि खेत बारी हराभरा अब पर्छ पार्न
परिवारको दैनिक आवस्यकता आफैंले पर्छ टार्न
२.
मागेर हुदैन चोरेर हुदैन पौरख गरेर खाने
घामपानी भोकतिर्खा नभनेर हामी काम गर्न जाने
३.
देखा शेखि गर्नु हुन्न आफ्नो घाँटी हेरेर छ हाड निल्नु
नेपाली हामी नेपाल आमाको सन्तान हामीले छ मिल्नु
✍️ तारा घिमिरे,संखुवासभा

१४)
१.
साँझ है पर्यो घाम अस्ताए, जागिरेको घर भयो टाढा,
जिन्दगीभर हतार जैले,लाग्छ नि नानीको माया गाढा |
२.
नेतालाई चाहिन्छ धेर् भोट,जनताको साथ हुन्छ नारा,
विकासका काम हुने हैन,भ्रष्टाचार गर्ने गर्छन् सारा ।।
✍️ भगवती दवाडी, झापा

१५)
१.
आश्चर्य लाग्ने कखरा छन्द सुत्रमा  बाध्ने खालकाे छयाे ,
कठिन् भन्ने या सहज मन्द बन्ने लयात्मक् तालकाे भयाे ।
२.
विद्वानले गर्दा शाेध  खाेज पछि परिक्षणमा जाेखियाे
सत्प्रयास कै कारण सरल भावमा टुक्कामा पाेखियाे।
३.
अक्षर बीसमा विश्राम पाँचमा चार पटक गाँसिन्छ,
कखरा छन्द सुरतालमा मन्द घतपरेर हाँसिन्छ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा।

१६)
१.
शत्रु बैरिकाे कारणले नै,बिग्रेकाे हाम्रो मायाकाे घर।
आजभोलि त मलाई पनि,आफ्नाहरुकाे  लाग्छ नि भर।
२.
तिमीले चाेट मायामा धेरै ,मलाई मात्रै दिएर गयाै,
चाेखाे प्रेमकाे नाटक गरि,तिमी अरुकाे  प्रेमीका भयाै।
३.
सुन्दर शान्त मेरो  नेपाल,विश्वमा छनि  यसकाे सान,
नेपाली हाैनि हामी यसैमा,हुन्छ गोर्खाली सेनाकाे मान।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही  १४ बुटवल

१७)
१.
रगत हुन्छ राताे सबकाे विभेद गर्ने कानून किन,
नारी पुरुष समान हुन्छन् ओ! मान्छेहरू अब त चिन।
२.
सबले उस्तै समान देखे हिँसा त्यतिकै हराई जान्छ,
घमण्ड किन महिला हुनु या पुुरुष मा महान ठान्छ ।
३.
कानुन लेखि सकिँदैन याे घरेलु हिंसा बन्द गराऊ,
मनबाट नै प्रण गरेर माया प्रेममा खुसी भराऊ।
✍️ ताराप्रसाद चापागाई
धुनिबेसी ।

१८)
१.
अधुरो प्रेम अभागी मान्छे निष्ठुरी बनि  छोडेर गयौ,
नजिक पर्दा बैगुनि बनि आखिर तिमी बिरानो भयौ।
२.
नफर्क अब सम्झेर रुन लगेकै हौला तस्बिर छुन,
सम्झनु सधै अभाव हुदा सकिन मैले तड्पेर रुन।
✍️ दुर्गा आचार्य
मोरङ

१९)
१.
हिजोको कुरो बिर्सिएँ हिजै आजको कुरो भनन यता,
रिसाई मायाँ लगाइँदैन हल्लिई हिँड्दै छौ तिमी कता?
२.
भनन भन के कुरा थियो मनमा राखी नबाँध तिमी,
खुलाऊ मन नरोक आँशु भिजाऊ तिम्रो मनको जिमी।
✍️ पौडेल विमुन्स
पाेखरा

२०)
१.
मेरो मुटु हो नेपाल देश कसरी माया भुल्छु र मैले
वैरीले हाम्रो सीमाना लुट्दा यो छाती मेरो चस्कन्छ ऐले ।
२.
कहिले सुस्ता लिपुलेक नै दुःख्छ यो मन चिरा परेर
बग्दथ्यो नशा रगत रातो अहिले खस्छ आँसु बनेर ।
३.
देशका लागि म मर्न पाए हाँसेर बलि वेदीमा चढ्छु
देशका द्रोही यहीँ लुकेका माथ ताकेर मार्न म बढ्छु ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

२१)
१.
मरेर जाने मान्छेको देह,खरानी बनी उडेर जान्छ,
जसले भर्छ जीवन लाली, उसैले खिच्छ तानेर लान्छ।
२.
जलेको वन सबैले देख्छ,देख्दैन कोही जलेको मन,
पराइको त के कुरा भयो,देख्दैनन् तिनै आफन्त जन।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४,दाङ

२२)

सेवाकाे भाव सुकेर गयाे,विकृत बढ्याे देशमा आज ,
म आफै ठूलाे अरू त धुलाे, सम्झिदा पनि लाग्दछ लाज ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर

>>>>  जय टुक्का! जय साहित्य!!  <<<<

प्रतिक्रिया