आइतबार, माघ ९ २०७८
काठमाडौं १४:२८
वासिङटन डिसी 03:43

मेरिल्याण्डमा ७० बालबालिकालाई म्याद सकिएको कोभिड खोप दिइयो

इनेप्लिज २०७८ मंसिर १७ गते १२:३२ मा प्रकाशित

अमेरिकाको मेरील्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीमा ७० बालबालिकालाई म्याद सकिएको कोरोना बिरुद्धको कोभिड -१९ को खोप दिइएको छ ।

प्रिन्स जर्ज काउन्टी, मेरील्याण्डका चिकित्साकर्मीहरूले ५-११ वर्ष उमेरका दर्जनौं बालबालिकाहरूलाई म्याद गुज्रेका डोज (खुराक)हरू सहित फ्रिज(प्रशीतक यन्त्र )मा मा गल्तीले भण्डारण गरेपछि कोभिड-१९ खोपहरू दिएको काउन्टी स्वास्थ्य विभागले जानकारी दिएको छ ।

ल्यान्डओभरको प्रिन्स जर्ज स्पोर्ट्स एण्ड लर्निङ कम्प्लेक्स(भवन) मा गत शुक्रबार नोभेम्बर २६ मा फाइजर खोपको पहिलो वा दोस्रो खुराक लिएका ७० बालबालिकालाई कुनै स्वास्थ्य जोखिम हुने छैन, तर म्याद सकिएको खुराक कम प्रभावकारी हुने सम्भावना हुन्छ भनि स्वास्थ्य अधिकारीहरूले गत बिहीबार बताए ।

नोभेम्बर २४ मा म्याद समाप्त हुनु अघि ३०० बच्चाहरुका फाइजर खुराक खोपहरु प्रयोग गर्न नसक्ने प्रदायकले भवनको उपचारकक्षमा खोपहरूलाई स्थानान्तरण गरेका थिए ।

हेल्थकेयर डाइनामिक्स इन्टरनेशनलले म्याद सकिने मिति भन्दा ७० बाहेक सबै खोपहरु स्थान्तरण गरेको तर गल्तीले बाँकी खोपहरू भण्डारण हुन् पुगेको काउन्टी स्वास्थ्य विभागले बताएको समाचार एनबिसी४ ले  लेखेको छ ।

प्रतिक्रिया