आइतबार, माघ ९ २०७८
काठमाडौं १५:०७
वासिङटन डिसी 04:22

अमेरिकी सरकार बन्द हुनु अगावै तल्लो सदनले सरकारलाई कोष दिने योजना पारित ,अब सिनेटमा जाने

इनेप्लिज २०७८ मंसिर १६ गते २३:१३ मा प्रकाशित

अमेरिकी संघिय सरकार आगामी शुक्रबार डिसेम्बर ३ का दिन बन्द हुनु अगावै तल्लो सदनले सरकारलाई कोष दिने योजना पारित गरेको छ । अझ पनि सरकार बन्द नगर्न उक्त योजना सिनेटमा जानेछ । सिनेटले पारित गरे पछि मात्र सरकारलाई कोष वितरण गरिने छ ।

रिपब्लिकन सिनेटरहरू शुक्रबारको म्याद अगावै बन्दको धम्की दिए पछि अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले सरकारलाई कोष दिने योजना पारित गर्‍यो।

प्रतिनिधि सभाले फेब्रुअरी १८ सम्म सरकारलाई कोष गर्न निरन्तरता गर्ने प्रस्ताव पारित गरेको छ । कंग्रेसका वार्ताकारहरूले शुक्रबार मध्यरातमा बन्द गर्ने धम्कीको सामना गर्नु परेको थियो ।

रिपब्लिकनका सिनेटरहरूले राष्ट्रपति जो बाइडेनको खोपको आदेशमा आपत्ति जनाइरहेका छन्। मतदान हुँदा २२१ -२१२ परेको थियो ।

इलिनोइसका रिपब्लिकनका जन प्रतिनिधि एडम किन्जिङ्गरले मतदानमा डेमोक्र्याटलाई सहयोग गरेका थिए र उनि एक मात्र रिपब्लिकन थिए।

यो प्रस्ताव अब सिनेटमा जानेछ भनि सिएनएनले समाचार लेखेको छ ।

 

प्रतिक्रिया