काठमाडौँ।गायक भिमसेन खतिवडा र गायिका टिका पुनको स्वरमा रहेको लोक तथा दोहोरि गीत भिडियो सार्वजनिक गरिएको छ।साजन पराजुलीको शब्द रचना रहेको गीतमा श्याम धितालको संगीत रहेको छ।संगीतकर्मी संघका बरिस्ट उपाध्यक्ष समेत रहेका धितालले संगीत गरेको ‘डाँडा घरे दाई’ बोलको गीतमा संगीत संयोजन भुवन प्रकाश बडूले गरेका छन्।
शंकर बिसीले निर्देशन गरेको भिडियोमा निक्स शर्मा र सृजना किराँती फिचर्ड छन्।दुर्गा पौडेलले छायाँकन गरेको गीतको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका हुन्।भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया