अरुण रुम्बाको शब्दमा गायिका मिलन नेवारको नयाँ गीत “सपना हजार ” सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १५ गते २२:२८ मा प्रकाशित

काठमाण्डौं।नेपाली सांगितिक बजारमा नयाँ– नयाँ सिर्जना सार्वजनिक हुने क्रममा भखरै चर्चित गायिका तथा द भ्वाइस अफ किड्स की कोच मिलन नेवारको आवाजमा रहेको “सपना हजार ” गीतको भिडियो सार्वजनिक भएको छ।उक्त गीतमा अरुणा रुम्बाको शब्द,राजेश थापाको संगीत तथा निरोज लामाको एरेन्ज रहेको छ।मायामा सगैं जिउने मर्ने कसम खाएका जोेडिको मनोभावलाई गीतमा समावेश गरिएको छ।प्रेम र रोमान्सको भाव समेटिएको उक्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्ने कुरामा आफु आशावादी रहेको गायिका मिलनले बताइन।

अमेरिकाको न्युयोर्कमा स्थित मोक्तान डिजिटल मार्फत सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्रेष्ठ तथा नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन। बुद्ध थापाको छायाँकन,विकास धमलाको सम्पादन रहेको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन।गीतको भाव अनुसार भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

“सपना हजार ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस।

प्रतिक्रिया