आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५०
वासिङटन डिसी 04:05

एटलान्टा क्षेत्रको विमानस्थलमा हतियार पडकाएर फरार रहेका व्यक्ति प्रहरी समक्ष आत्मसमर्पण

इनेप्लिज २०७८ मंसिर १५ गते ११:५४ मा प्रकाशित

एटलान्टा क्षेत्रको विमानस्थलमा हतियार पडकाएर फरार रहेका व्यक्ति प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनलाई जाँच गर्दै गर्दा बन्दुक छोडेर भागेका थिए ।

नोभेम्बर २० शनिबारका दिन दिउँसो १:३० बजे बन्दुक पडकेको थियो । विमानस्थलको सुरक्षा जाँच क्षेत्रमा कार्यरत विमानस्थल अधिकारीहरूले सामाजिक संजाल ट्विटर मार्फत जानकारी दिएका थिए । ४२ बर्षिय संदिग्ध हराएको करिव हप्ता दिन भन्दा भन्दा आफै प्रहरी कार्यालयमा आएका छन् भनि एबिसीन्युजले समाचार लेखेको छ ।

हार्ट्सफिल्ड-ज्याक्सन एटलान्टा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य जाँच (स्क्रिनिङ )क्षेत्र नजिकै हतियार आकस्मिक पडके पछि व्यापक आतंक पैदा गरेको थियो । मानिस भागाभाग गर्नु परेको थियो ।

अमेरिकामा धन्यबाद दिवस(थ्यांक्स गिभिंग )को केही दिन अगाडी व्यस्त यात्रा रहेको सप्ताहन्तमा प्रस्थान गर्ने उडानहरूको छोटो समयको लागि रोक लगाइएको थियो । उनि आफै आएको प्रहरीले गत मंगलबार नोभेम्बर ३० का दिन जानकारी दिएका छन् ।

प्रहरीका अनुसार झोला छोडेर भागेका व्यक्ति केनी वेल्स भएको पुष्टि भएको छ । वेल्सलाई व्यावसायिक विमानस्थलमा हतियार लुकाएकोमा बन्दुक राखेको आरोपको दोषी तथा बन्दुक र लापरवाह आचरणको अभियोग लगाईएको एटलान्टा प्रहरी विभाग विमानस्थल सेनापति रेजिनाल्ड एल मुरम्यानले बताएका छन् ।

जर्जियाका आपराधिक प्रतिरक्षा वकिल र संवैधानिक वकिल पेज पाटेका अनुसार, संयुक्त राज्य अमेरिकाका विमानस्थलहरूमा सुरक्षा जाँच केन्द्रहरू मार्फत मानिसहरूले बन्दुक लिन पाइदैनन अर्थात् गैर कानुनी छ ।

अमेरिकी पारवहन सुरक्षा प्रशासनका अनुसार १० महिनामा ४ हजार ६ सय ५० वटा हतियारहरु विमानस्थल जाँच केन्द्रमा फेला पारिएको जनाईएको छ । यो बर्ष मात्र एटलान्टा क्षेत्रमा ४५० वटा यात्रुले ल्याएको हतियारहरु जाँच गरिएको थियो भनि सिएनएनले समाचार लेखेको थियो ।

प्रतिक्रिया