एनप्लस प्रोफेसनलका ६ सौन्दर्य सामाग्री सेलेब्रेटीहरुद्धारा सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १५ गते ११:२३ मा प्रकाशित

 

काठमाडौं।संचारकर्मी तथा भिडियो निर्देशक रहेकी विना श्रेष्ठ एनप्सल प्रोफेसनका लागि ब्राण्ड एम्बेसडर रहेको ६ सौन्दर्य सामाग्री सार्वजनिक गरिएको छ। सेलेब्रेटीहरुको उपस्थितीमा सौन्दर्य सामाग्री सार्वजनिक गरिएको हो।

सौन्दर्यका सामाग्रीलाई भारतको प्रख्यात ब्रान्ड नन्दीनी हर्वल प्रालीले उत्पादन गरेको हो।केही महिना अघि आफ्ना उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेकोमा कोरोना महामारी र लकडाउनका कारण ढिलो गरी सामाग्री सार्वजनिक गर्नु परेको कम्पनीका प्रबन्ध निर्देशक हितेश लिम्वानीले बतार्ए।

सौन्दर्य सामाग्रीहरुको परिक्षण र निरिक्षणमा सरकारले चाँसो नराख्दा नक्कली सामाग्रीहरु बजारमा आइरहेकाले सचेत रहन एनप्लस प्रोफेसलनका क्षेत्रीय बजार व्यवस्थापक पदम शर्माले आग्रह गरे।

विशेष गरि महिला सौन्दर्यमा बढि प्रभावकारी हुने सौन्दर्य सामाग्री केही सेलेब्रेटीहरुको बीचमा सार्वजनिक गर्न पाएको भन्दै सौन्दयको क्षेत्रमा पनि ब्राण्डले सहयोग गर्दै जाने एनप्सल प्रोफेसनले बताइएको छ।

उत्पादनको लागि नेपालका लागि ब्राण्ड एम्बासडर रहेकी विनाले पनि सस्तो, लोकप्रिय र गुणस्तरीय सामाग्री सौन्दयताको लागि उपयुक्त भएको बताईन्।नयाँ उत्पादनहरुमा अण्डर आमक्रिम,अण्डर आइक्रिम,रेटोनल सिरम,प्योर मिनिमाइजर सिरम,स्मुथिङ स्याम्फु र स्मुथिङ कन्डीस्नर सार्वजनिक गरिएका हुन्।

नयाँ सौन्दर्य सामाग्री सार्वजनीक कार्यक्रममा पूर्व मिस नेपाल इभाना मानन्धर,गायक आनन्द कार्की,धिरज राई, गायिका रेखा शाह,अभिनेत्री शर्मिला मल्ल, नायिका एलिजा गौतम लगायत सेलेब्रेटीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया