आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४८
वासिङटन डिसी 04:03

एफडिए सल्लाहकारहरूले कोभिड-१९ को उपचार लागि मर्कको चक्की आपतकालीन प्रयोग गर्न सिफारिस

इनेप्लिज २०७८ मंसिर १४ गते २२:५७ मा प्रकाशित

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)का सल्लाहकारहरूले कोभिड-१९ को उपचार लागि मर्कको चक्की आपतकालीन प्रयोग गर्नको लागि सिफारिस गरेका छन् ।

आपतकालीन प्रयोगको लागि अनुमतिको सिफारिस गर्न मंगलबार नोभेम्बर ३० का दिन मतदान गरे । मतदान हुँदा १० का बिरुद्ध १३ मत परेको थियो । सल्लाहकारहरुले १३-१० ले पारित गरेका थिए ।

एफडिएको एन्टिमाइक्रोबियल ड्रग्स (विषाणुनाशक ओखती )सल्लाहकार समितिका सदस्यहरू मोल्नुपिराभिर नामक ओखतिको सिफारिस गर्न मतमा विभाजित भएका थिए । जसले कसैलाई गम्भीर रोग वा मृत्युको जोखिमलाई ३० प्रतिशतले कम गर्न सक्छ।

चक्कीहरू लक्षणहरू देखा परेको पाँच दिन भित्र लिनुपर्दछ। र ,मानिसहरूले पाँच दिन सम्म दिनमा दुई पटक चक्कीहरू लिनुपर्दछ।

मोल्नुपिरावीर मात्र एन्टिभाइरल (बिषानु नाशक )मात्र हैन । वैज्ञानिकहरूले कोभिड-१९ विरुद्ध विकास गरिरहेका छन्। फ़ाइजरले यो महिनामा आफ्नो एन्टिभाइरल चक्कीको अनुमतिको लागी आवेदन गरेको छ ।

एफडिएले अझै सम्म आफ्नो सल्लाहकार टोलीलाई त्यो औषधि समीक्षा गर्न मिति तय गरेको छैन भनि सिएनएनले समाचार लेखेको छ ।

रेमडेसिभिर भेक्लुरी ब्रान्ड (मार्का )अन्तर्गत बेचिने कोभिड-१९ को उपचारका लागि स्वीकृत एन्टिभाइरल (प्रति बिषाणु) हो तर यसलाई चक्कीको रूपमा दिइँदैन।

 

प्रतिक्रिया