गैरआवासीय नेपाली संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०७८ मंसिर १४ गते २२:३१ मा प्रकाशित

गैरआवासीय नेपाली संघको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन एवं आसन्न निर्वाचन रोक्नका लागि परराष्ट्र मन्त्रलायले चालेको कदम विरुद्ध संघले उच्च अदालत पाटनमा कानूनी उपचारका लागि मुद्दा दायर गरेको सर्वविदितै छ।सो मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले मन्त्रालयका पत्रहरु तत्कालका लागि कार्यान्वयन नगर्न/ नगराउन भनेको छ।उक्त आदेशपछि निर्वाचन समितिले आज (३० नोभेम्वर २०२१) आसन्न निर्वाचनको कार्यतालिका प्रकाशन गरेको जानकारी गराउँदछौँ ।
हरेक समस्याको समाधान लोकतान्त्रिक विधि पद्धत्ति र आपसी छलफलबाट मात्रै सम्भव हुने भएकाले आगामी दिनमा सहकार्य र सहमतिका साथ अघि बढ्न आह्वान गरिन्छ।निर्वाचन बिथोल्ने खालको कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन पनि सबैमा आग्रह गर्दछौँ।

यसैगरी,आसन्न निर्वाचनलाई प्रभावित पार्ने मनसायले यही डिसेम्बर १ तारिखमा राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको भेला आयोजना गरिएको भन्ने खबर प्राप्त भएकोले यसै सूचना मार्फत,गलत मनसाय प्रेरित कुनैपनि भेला वा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइन्छ।संघको विधानको धारा १७ (७) मा राष्ट्रिय समन्वय परिषद्हरु संघसँग आबद्द रहनका लागि संघको निर्देशन पालना गर्नुपर्ने व्यवस्था भएको समेत स्मरण गराउँदै सोही अनुसार गर्न /गराउन अनुरोध गरिन्छ।

अन्त्यमा,यसै सूचनामार्फत आसन्न निर्वाचनमा आ–आफ्नो स्थानबाट सहयोग गरिदिनु हुन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई अनुरोध गर्दछौँ।

धन्यबाद।
डिबी क्षेत्री
प्रवक्ता,गैरआवासीय नेपाली संघ
३० नोभेम्बर २०२१

 

प्रतिक्रिया