आइतबार, माघ ९ २०७८
काठमाडौं १४:२२
वासिङटन डिसी 03:37

मिसिगनको बिधालयमा गोलाबारी हुदा कम्तिमा ३ जनाको मृत्यु र ६ जना घाइते

इनेप्लिज २०७८ मंसिर १४ गते १९:४५ मा प्रकाशित


मिसिगनको बिधालयमा गोलाबारी हुदा कम्तिमा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन।आज मंगलबार दिउसो नोभेम्बर ३० का दिन उक्त घटना भएको हो ।

ओकल्याण्ड काउन्टी प्रहरीले अक्सफोर्ड हाई स्कूल( माध्यमिक बिधालय)मा उक्त घटना घटेको वताए। मारिने ३ जना अक्सफोर्ड हाई स्कूलका बिधार्थी रहेको बिश्वास गरेको प्रहरीले बताए।

गोली लाग्ने एक शिक्षक पनि परेका छन् ।

संदिग्ध १५ बर्षीय किशोर रहेको बुझिएको छ।सक्रिय बन्धुकधारी त्यहा १२:५१ बजे पुगेको प्रहरीलाई खबर गरिएको थियो।

ओकल्याण्ड काउन्टी शेरिफको कार्यालयले मंगलबार दिउँसो उक्त बन्धुकधारीलाई हिरासतमा लिईएको जनाएको छ।

 

प्रतिक्रिया