आइतबार, माघ ९ २०७८
काठमाडौं १४:२१
वासिङटन डिसी 03:36

अमेरिकाको अलाबामाका पूर्व प्रसिद्ध धावक तथा ओलम्पिक खेलाडीको गोली हानाहानमा मृत्यु

इनेप्लिज २०७८ मंसिर १४ गते १२:२० मा प्रकाशित

अमेरिकाको अलाबामा राज्यका पूर्व प्रसिद्ध धावक तथा ओलम्पिक खेलाडीको गोलाबारीमा मृत्यु भएको छ । अलाबामा विश्वविद्यालयका प्रख्यात पूर्व ओलम्पियन अर्का व्यक्तिसँगको गोली हानाहानमा मारिएको अधिकारीहरूले बताएका छन्।

जेफर्सन काउन्टी शव परीक्षणको कार्यालयले गत सोमबार एमिट किंग र विली अल्बर्ट वेल्सलाई गत आइतवार नोभेम्बर २८ का दिन बेसेमेरमा बन्दुक हानाहान हुँदा मारिएका दुई व्यक्तिको रूपमा पहिचान गर्‍यो भनि एएल डटकमले समाचार प्रकाशित गरेको छ ।

किंग, ६२ बर्षिय एक धावक (स्प्रिन्टर) थिए । उनले १९८४ र १९८८ ग्रीष्मकालिन ओलम्पिकको लागि अमेरिकी रिले टोलीको सदस्यमा रहेका थिए, तर उनले प्रतिस्पर्धा गरेनन्।

उनी जेफरसन स्टेट कम्युनिटी कलेज (सामुदायिक महाबिद्यालय )र अलाबामा विश्वविद्यालयको लागि दौडेका थिए । जहाँ उनी १०० मिटरमा १९८३ मा एनसिएएका राष्ट्रिय बिजेता बनेका थिए । त्यही वर्ष उनले पहिलो विश्व प्रतियोगितामा १०० मिटर दौडमा कास्य पदक जितेका थिए ।

अधिकारीहरूका अनुसार किंग र वेल्स ६० बर्षिय एक अर्कालाई चिन्थे र आइतबार दिउँसो एक घर बाहिर बहस गरिरहेका थिए । जब उनीहरूले बन्दुक निकाले र गोली हाने। वेल्सलाई घटनास्थलमा मृत घोषित गरिएको थियो, र ,किङ्गको पछि अस्पतालमा मृत्यु भयो भनि एबिसीन्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया