आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४४
वासिङटन डिसी 03:59

केन्टकी सुन्दरी तथा पत्रकार स्मिथ बनिन २०२१ को अमेरिका सुन्दरी

इनेप्लिज २०७८ मंसिर १४ गते ११:४८ मा प्रकाशित

 

अमेरिकाको केन्टकीकी सुन्दरी एले स्मिथले २०२१ को मिस युएसए (अमेरिका सुन्दरी )प्रतियोगिता जितेकी छिन । केन्टकी बिश्वबिद्यालयकी स्नातक उत्रीण बिधार्थी हुन् भनि केन्टकी बिश्वबिद्यालयले सामाजिक संजाल मार्फत ट्विटरमा उनलाई बधाई दिएको छ ।

लुइभिलको डब्लुएचएएस११ द्वारा प्रकाशित गरिएको जीवनी अनुसार उनले प्रशारण (ब्रोडकास्ट ) पत्रकारितामा उनको मुख्य बिषय थिए भने जहाँ उनी सम्बाददाताको रूपमा काम गर्छिन्।

बेलायतमा हुँदा, स्मिथले विद्यालयको नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्ट(अस्वेत राष्ट्रिय पत्रकार संघ -एनएबीजे) शाखाको उपाध्यक्षको रूपमा समेत सेवा गरेकी थिइन् ।

अस्वेत राष्ट्रिय पत्रकार संघले (एनएबीजे)उनको जितमा बधाई दिएको छ ।

स्मिथले अब इजरायलको इलातमा डिसेम्बर १२ मा हुने ब्रम्हाण्ड सुन्दरी (मिस युनिभर्स ) प्रतियोगितामा अमेरिकाको प्रतिनिधित्व गर्नेछिन् ।

ब्रम्हाण्ड सुन्दरी प्रतियोगिताको संगठनले एक विज्ञप्तिमा भनेको छ, कोभिड-१९ का लागि प्रतियोगीको जाँच संक्रमण भएता पनि अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि बढ्ने जनाएको समाचार सिएनएनले लेखेको छ ।

इजरायलले ओमिक्रोन कोरोनाभाइरस संस्करणको कारणले यात्रा प्रतिबन्ध लगाएको छ र अर्को दुई हप्ताको लागि पर्यटकहरूको प्रवेशमा प्रतिबन्ध लगाएको छ।

“मिस युनिभर्स संगठनले हाम्रा प्रतियोगीहरू र कर्मचारीहरूलाई प्रतियोगिताको लागि सुरक्षित रूपमा देशमा ल्याउन जारी राख्न इजरायली अधिकारीहरूसँग काम गरिरहेको छ,” मिस युनिभर्स समूहले भन्यो।

 

प्रतिक्रिया