आइतबार, माघ ९ २०७८
काठमाडौं १५:४०
वासिङटन डिसी 04:55

नेपाली घरको निर्वाचन सम्पन्न

नातिबाबु भट्ट कोलोराडो अमेरीका २०७८ मंसिर १४ गते १०:३२ मा प्रकाशित

नातिबाबु भट्ट,कोलोराडो अमेरीका,नोभेम्बर २९,२०२१-कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको आगामी कार्यकालका (२०२१-२०२३ )का लागी अध्यक्ष लगायत सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्।

संस्थाले कार्यसमितीको निर्वाचन सम्पन्न गर्न डा.संगीता श्रोत्रियको संयोजकत्वमा भुषण लाल श्रेष्ठ र कपिलदेव सूबेदी सहीतको तिन सदस्सिय निर्वाचन समिती गठन गरेको थियो।सोही निर्वाचन समितीले आईतवार कार्यसमितीको सबै पदहरुमा निर्विरोध निर्वाचित भएको जनाकारी गराएको हो।

यसरी नेपाली घरको आगामी २ बर्षे कार्यकालको लागी निर्विरोध निर्वाचित हुने पदाधिकारी तथा बोर्डअफ डिरेक्टरहरु यस प्रकार रहेका छन्।अध्यक्ष जगदिशचन्द्र ढकाल, उपाध्यक्षहरुमा क्रमस बसन्त लम्साल,नवराज मरासेनी,संजयसीङ केशी, महासचिव भोला कटुवाल,कोषाध्यक्ष राजु खनाल,पब्लिक रिलेसन अफिसर श्री कुंबर, कम्युनिकेशन अफिसर नातिबाबु भट्ट,कल्चर तथा ईभेन्ट अफिसर आशिस कटुवाल, रिसोर्स तथा फेसीलीटी अफिसर अर्जुन कुमार केसी र महीला रिप्रेन्जेटिभ आरती न्यौपाने थापा रहेका छन्।त्यसैगरी अन्य बोर्डअफ डिरेक्टरहरुमा प्रमोद श्रेष्ठ,उत्तरा बराल,पुस्कर बस्नेत,कृष्ण काफ्ले,दिपक ढकाल,देभाश्री बस्याल र अमुदा मीश्र रहेका छन् ।
संस्थाको विधान अनुसार २३ सदस्सिय कार्यसमिती निर्वाचित हुनुपर्नेमा आईटी अफिसर,स्टुडेण्ट रिप्रेन्जेटीभ र ३ वटा बोर्डअफ डिरेक्टमा कसैको मनोनयन नपरेको निर्वाचन समितीले जनाएको छ।

यसैबिच नेपाली घरका बर्तमान अध्यक्ष लछुमन रानाले कार्यसमितीमा निर्वाचित सबै पदाधिकारी तथा बोर्डअफ डिरेक्टरहरुलाई बधाई दिंदै,छिट्टै एक औपचारीक कार्यक्रम मार्फत कार्यभार हस्तान्तरण गरिने बताएका छन्।

उनले कार्यसमितीको फेरबदल नियमित प्रकृया भएको र यसले नेपालीहरुको आस्थाको धरोहर नेपाली सांस्कृतीक केन्द्र निर्माणको लागी भवन खरिदगर्ने प्रकृयामा केही असर नपार्ने बताएका छन्।केही साथीहरुको जिम्मेवारी परिबर्तन भएपनि टिमभित्र बसेर काम गरि अनुभव बटुली सकेका साथीहरु रहनु भएकाले, हाम्रो अभियान निरन्तर अगाडी बढि रहन्छ भन्दै यसमा कुनै सन्देह नलिन सबै समुदायलाइ अनुरोध  गरेका छन्।

प्रतिक्रिया