आइतबार, माघ ९ २०७८
काठमाडौं १४:५०
वासिङटन डिसी 04:05

क्यालिफोर्नियामा ४ बालबालिका र हजुरआमाको हत्यापछि बुबा पक्राउ

इनेप्लिज २०७८ मंसिर १४ गते १:२७ मा प्रकाशित

दक्षिणी क्यालिफोर्नियाको एउटा घरमा एक शिशु र उनकी हजुरआमा सहित चार बालबालिकालाई गोली हानेर हत्या गरिएको र बच्चाको बुबालाई हत्या गरेको आशंकामा पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

लस एन्जलस काउन्टी शेरिफको विभागका अनुसार पीडितहरू लस एन्जलसको उत्तरमा रहेको ल्यान्कास्टर शहरको एउटा घरमा गत आइतबार नोभेम्बर २८ का दिन राती फेला परेका थिए भनि एबिसीन्युजले समाचार लेखेको छ ।

बच्चाहरूको आमाले शवहरू पत्ता लगाईन र ९११ मा खबर गरेकी थिइन् भने शेरिफ सहायक ब्रान्डन डीनले एपीलाई दूरभाष (टेलिफोन )मा बताएका थिए ।

उक्त घटना भएको घरबाट ३ घर पर रहेका छिमेकी प्रहरीहरुका गाडी त्यहाँ आई पुगे पछि झिलिक मिलिक बत्तीहरू देखे पछि उठेका थिए। र ,उनले भने, एउटी महिला उनीहरूको अगाडिको आँगनमा पछाडि दौडिरहेकी थिइन्, चिच्याएर, “मेरा बच्चाहरू गए । तिनीहरू सबै मरे भनेकी थिइन् ।

हजुरआमा, एउटी बालिका र तीन जना बालकहरुलाई माथिल्लो ढाडमा गोली लागेको थियो । प्राथमिक उपचारका लागि आएका स्वास्थ्यकर्मीहरुले घटनास्थलमा सबै पीडितहरूलाई मृत घोषित गरे।

अधिकारीहरूले उनीहरूलाई पहिचान गरेनन् र बच्चाहरूको उमेर खुलासा गरेनन । केवल एकजना शिशु थिए र बाँकी १२ वर्ष भन्दा कम उमेरका थिए र हजुरआमा ५० वर्षको उमेरकी थिइन्।

आमा घर आइपुगेको केही मिनेटमा बच्चाहरूको बुबा २९ बर्षिय जेरमार्कस डेभिड प्रहरी चौकीमा आफै पुगेका थिए । डेभिडलाई अन्वेषकहरूले अन्तर्वार्ता लिएपछि पक्राउ गरेका थिए । उनलाई २ मिलियन (२० लाख) डलरको जमानत राखिएको छ ।

प्रतिक्रिया