आइतबार, माघ ९ २०७८
काठमाडौं १२:५६
वासिङटन डिसी 02:11

डिसीको कोलम्बिया हाइट्सको महानगरीय रेलमा गोलाबारी

इनेप्लिज २०७८ मंसिर १४ गते ०:४० मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीको कोलम्बिया हाइट्स स्थित एक रेल स्टेसन (अड्डा)मा गोलाबारी भएको छ । उक्त घटना पछि ठूलो प्रहरीको जमात उपस्थिति देखिएको डब्लुटिओपीले जनाएको छ ।

महानगरीय रेलका प्रवक्ताले कोलम्बिया हाइट्स अड्डा (स्टेशन)मा दिउँसो ३:४५ मा रेलमा गोली चलेको खबर प्राप्त गरेको बताए।

सोमबार ग्रीन लाइन सेवाको रेल भित्र हुँदा एक १९ वर्षीय व्यक्तिको खुट्टामा गोली लागेको थियो ।

उक्त व्यक्तिलाई अस्पताल लागिएको छ भने उनि खतरा मुक्त रहेका जानकारी डिसी प्रहरीले दिएका छन् ।

अन्य कसैलाई पनि कुनै चोटपटक नलागेको प्रहरीले बताए । बेलुका ४:३० बजे पछि केही समय पछि रेल पुनर्स्थापित गरिएको थियो ।

प्रतिक्रिया