आइतबार, माघ ९ २०७८
काठमाडौं १५:०४
वासिङटन डिसी 04:19

विन्ती कुमार गुरुङको होई मेरो संसार गीत सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १३ गते २३:५६ मा प्रकाशित

अमेरिकामा बस्दै आएका चर्चित गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा दीपक शर्माकोे शब्द तथा संगीत रहेको छ ।

गायक विन्ती कुमार अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तरता दिई रहेका छन् । अमेरिकामा हुने विभिन्न कार्यक्रमहरुमा उनि प्रस्तुति दिई रहेका हुन्छन ।

गीतलाई निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम झल्काएका छन् । गीतको भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् ।

प्रतिक्रिया