आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१९
वासिङटन डिसी 03:34

फाइजर १६ र १७ बर्ष उमेरका लागि अभिवर्धक खोपको अनुमति लिन एफडिएसंग अपेक्षा गर्दै

इनेप्लिज २०७८ मंसिर १३ गते २३:४० मा प्रकाशित

दक्षिण अफ्रीकामा नयाँ प्रजातिको ओमिक्रोन कोरोना देखा परे पछि १८ बर्ष माथिका सबैले अभिवर्धक (बुस्टर )खोप लिनु भन्ने आह्वान भै रहेको समयमा फाइजरले १६ र १७ बर्ष उमेरका लागि अभिवर्धक खुराक खोप दिन एफडिएसंग अनुमतिको अपेक्षा गरेको सिएनएनले समाचार लेखेको छ ।

फाईजरले अमेरिकी खाद्य र औषधि प्रशासनबाट अधिकार पाउने अपेक्षा गरेको उक्त योजनासँग परिचित स्रोतले सीएनएनलाई बताएको समाचारमा उल्लेख गरेको छ ।

हाल १८ वर्ष र माथिका व्यक्तिहरू मात्र फ़ाइजरको दोस्रो खुराक (डोज) लगाएको छ महिना पछि अभिवर्धक (बूस्टर) खोपहरूका लगाउन पाइन्छ ।

अमेरिका र विश्वभरका वैज्ञानिकहरू ओमिक्रोन नामको नयाँ प्रजाति (संस्करण)को बारेमा थप जान्न होडबाजी भै रहेको बेला यो विकास भएको हो।

सोमबार ,नोभेम्बर २९ का दिन राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई ध्यान दिन आग्रह गरे र नडराउन सल्लाह दिएका छन् । उनले अहिलेसम्म बुस्टर(अभिवर्धक )नपाएका तर त्यसो गर्न योग्य भएकाहरूलाई पनि प्रोत्साहित गरे।

बाइडेनले महिनौं अघि अभिवर्धक खोपहरू व्यापक रूपमा उपलब्ध गराउने आशा गरेका थिए, तर यो कदम अन्ततः नोभेम्बरको अन्त्यसम्म भएन भनि सिएनएनमा समाचार छ ।

प्रतिक्रिया