छन्दमा टुक्का अभ्यास श्रृङ्खला-६ सम्पन्न !

इनेप्लिज २०७८ मंसिर १३ गते २३:१३ मा प्रकाशित

झ्याउरे छन्द (ख)
~ सूत्र ४+४,४+४=१६

१)
१.
कति राम्रो सुहाएको तिमीलाई गुन्यूचोली,
झनै मन लठ्ठ पार्ने बोलिदिन्छ्यौ मीठो बोली।
२.
मैना चरी तराईमा डाफे नाँच्यो हिमालमा,
संसारमा अर्को स्वर्ग खोजौँ यहीँ नेपालमा।
✍️ अनिल खग्रास

२)
१.
नशा भित्र डुब्याै तिमी मायाकाे के अर्थ भयाे,
एकाेहाेराे पछि लागेँ जीवन याे त्यसै गयाे।
२.
आफन्तैले ठग्ने यहाँ साेझाे भई बाच्न गार्हाे,
इमान्दारी काे छ यहाँ चिन्नलाई भयाे साह्राे।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी।

३)
१.
लड्दैछन वारपार भरपाई कस्ले देला,
देश भित्र लड्दैछन दुनियाँले हेर्यो मेला।
२.
देश भित्र हुँदैछन झनझन यी झमेला,
कुटाकुट हुन थाल्यो राजनीति यहि बेला।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

४)
१•
रातारात धनी बन्छन्, यो देशका नेताहरु,
कमाउने धन्दा उही, हो कि रैछन् कुनै अरु ।
२•
हात बाॅधी बस्यो भने, एक छाक जोर्नै गाह्रो,
यही हाल रही रहे,जागीर नै खान साह्रो।
✍️ घनश्याम पौडेल,
सृजना चोक, पोखरा ।

५)
१.
कहाँ हुन्छ भने जस्तो स्वार्थी छन आफ्नै जन,
हत्या हिँसा गरि सब्को दुखाउँछन् सारै मन।
२.
जन्म दिने प्यारी आमा फेर्छु मैंले धोती चोली
गाली खाए धेरै चोटी तितो भयो मेरो बोली।
✍️ मन बहादुर पुन मगर
आठविसकोट न.पा ८, रुकुम पश्चिम

६)
१.
जुन अनि तारा आयो दिउँसै याे घाम गयो
हिजो आज भेट हुन सारै गाह्रो हुने भयो।
२.
पहिले त भन्ने गर्थ्यौ क्यारे तिमी मेरै होनि
आजभोली तिम्रो माया खै त कता तिर गोनि?
✍️ मन्दिरा सेढाई
मलेखु, धादिङ

७)
१.
कलकल रुपै राम्रो, मन झनै छ पवित्र,
ख्यालख्याल माया बस्यो ,तिम्रो माया दिल भित्र।
२.
हुन्न रैछ साचो भन्नु, किनकिन दोष भयो,
तिम्रो माया पाउँ भन्दा, अनायासै होस गयो।
✍️ दुर्गा आचार्य
माेरङ्ग

८)
नेपालको शिर माथि उठाउनु  मेरा साथी
संसारमा सबै भन्दा देशलाई लिनु माथि।
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला

९)
१.
भन्न मन  लागि सक्यो  आएन  है मेरो बोली
मरि जाने चोला हाम्रो साँच्चै आज हो कि भोली।
२.
बुझ्न मैले नसकेर उता छोडी गाको होला
अबुझमै बित्ने भयो मानिसको अब चोला।
✍️ ललिता अभागी
सुनकोशी-५, सिन्धुली

१०)
१.
हिजो राति सपनीमा हामीसॅंगै रमाएछौं,
त्यही खुशी सुनाउॅंदै चौतारीमा हराएछौं।
२.
ल्हासा किन? जानु प्रिय सुन फल्छ खेतभरि,
पौरखले भाग्य बन्छ माया बढ्छ अजम्मरी।
✍️ म्यामराज राई, भोजपुर

११)
१.
रात पर्यो बिहानी भो डाको बोल्यो कुखुरीले,
मेरी माया कहाँ होलीन् बिर्सिन् के हो जुखुरीले।
२.
साथ संगै हुदा भन्थी अटल छ हाम्रो माया,
धेरै दिन बितिसक्यो देख्दिन म दायाँबायाँ ,
३.
बाछाबाछी गोठभरी तरकारी बारी टम्म,
उन्कै बाटो कुर्ने हुँदा भोकै छु म ऐले सम्म ।
४.
जिन्दगीको फुलबारी आँगनीमा राखिसकें,
आक्रोशका आँखाहरु हेर्दाहेर्दै थाकिसकें।
५.
फोटाहरु भोटाहरु आवरण देखाउँछन्,
अँध्यारोको पीडाहरु ज्वालामुखी लेखाउँछन्।
✍️ होम प्रसाद न्याैपाने
धरान, सुनसरी ।

१२)
१.
प्रियतम   मेची वारि  प्रियतमा  उता पारि,
लगीदेऊ माझीदाइ सिमानाको खोला तारि।
२.
राम्रो बानी   नलुकाई   कुरा गर्ने   मन खोली
मायालुको मायामीठो अझै मीठो लाग्यो बोली।
३.
दुई दिने  चोला हाम्रो  व्यर्थै किन  आगो हुनु?
माया बाड्नु प्रीति साँच्नु सके सधैँ गीता छुनु।
✍️ अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ्ग।

१३)
साथसाथ हुँदा मात्र निकै मिठा हुन्छन् बात,
मिठासमा डुबेपछि कति छोटा लाग्छन् रात।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर

१४)
१.
छमछम नाची हिड्थ्यौ मारुनीको फेरीलाई
कहाँ बस्छौ प्राणप्यारा बिर्सियौकी प्यारीलाई।
२.
विदेशमा छोडी गयौ सम्झनामा किन छैन,
अर्की प्यारी पायौ कि र कि त मेरो  माया हैन ।
३.
भनु मैले कसलाई आफ्नै मान्छे टाढा हुँदा
रोइरन्छु रातोदिन भोक प्यास छैन रुँदा ।
४.
खनी खोस्री खेतबारी दुख सुख गर्दै छुनी
चाँडै आउ प्राण प्यारा सँगै बसौं जुनिजुनी ।
✍️ बेदु न्यौपाने
काठमाडौ

१५)
१.
कति राम्रो हाम्रो देश झलमल चारैतिर
मन हर्ने तन हर्ने हरियाली पाखा भिर ।
२.
शुभारम्भ गर्नुपर्छ समयमा राम्रो काम
कमाइन्छ भने जति पैसा अनि शुभ नाम ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

१६)
१.
आकाशका जुनतारा नभन्नु है टिपी ल्याऊ
यथार्थमा उभिएर एक पल्ट हेरी आऊ ।
२.
आकाशका टिमटिम ताराहरु झिलीमिली
आँगनीमा चउरमा खेल नानी मिलीमिली ।
✍️ रचना शर्मा ‘प्रतीक्षा’
ललितपुर

१७)
आजभोली दुःखित छु, तिमीलाई अति सम्झी ,
तिमी भने भाउ खोज्दै,खै के मा छाै अन्तै अल्झी ।
✍️ शर्मिला श्रेष्ठ
भैंशेपाटी, ललितपुर

१८)
१.
लत्याएर गयाै पर नमानेर लाज डर ,
मेराेजस्तै आडभर जुटाएर राज गर ।
२.
एकान्तमा लुकिछिपी हिड्याै हामी कतिकति ,
समर्पण आपसमा सुम्पेकाथ्याैं अलिकती ।
३.
तिरस्कार गरे पनि समाजले हामीलाई ,
स्विकार्देऊ बिन्ती गर्छु सिमेभूमे धामीलाई ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

१९)
१.
कञ्चन छन् शब्द बाणी उस्तै राम्रो भाषाभेश
जहाँ गए पनि राम्रो लाग्छ मेरै प्यारो देश ।
२.
हरियाली डाँडापाखा लेक चर्छन् चौँरी गाई
धरतीको यौटा स्वर्ग यही लाग्छ सबैलाई ।
✍️ श्रीकृष्ण शर्मा, पोखरा

२०)
१.
आकाशमा बादलले ढाकिदियाे प्याराे घाम ,
बुढाे ज्यान कता जाने कसाे गर्ने जाडाे याम ।
२.
झिल्के देखे सहरिया जुल्फि-वाला गाराे केटाे,
मायाप्रीति गासे पछि आज राती काटाै नेटाे।
✍️ प्रद्युम्न चालिसे,
भक्तपुर

२१)
१.
मानवता हराएछ आज किन लाग्छ यस्तो
बालक त्यो पोखरामा दुर्घटना पर्यो कस्तो ।
२.
मार्यो अनि भाग्यो कहा कतै दोषी भेटिदैन
त्यस्तो व्यस्त ठाउँ  थियो गाडी किन देखिँदैन ।
✍️ सूर्यमणी रेग्मी
चितवन

२२)
ठुला ठुला कुरा गर्छन् हाम्रा खुरा फाती नेता,
नाङ्गै भोकै मर्न लागे सडकमा जन यता।
✍️ विकाश बिक्रम शाह

२३)
१.
बाबा आमा माँया गर्छन् भरसक जुनीभरि।
छोराछोरी बड्दै जान्छन् हिँड्छन् आँखातरि।
२.
बोझ मानी बृद्धाश्रम छोड्छन् हरे! कठैबरी।
भक्कानेर रुन्छु कति सम्झि सम्झि घरिघरि।
३.
माँयामारी गए पनि सम्झाउनी बराबरी।
सन्तानको माँया सधैँ बस्छ मेरो मुट भरि।
४.
माँया बस्छ साथ टुट्छ केही छैन अजम्मरी।
प्रकृतिको नियमन यस्तै बसौँ ढुक्क गरि।
✍️ मित्र कुमार आचार्य
काठमाडौं।

२४)
१.
आज भाेली प्रियतम तिमी कता हराएछाैँ,
हरपल सम्झनामा हामीहरू रमाएछाैँ।
२.
कति राम्रो देखिएकाे मायालाई सारीचाेली,
अझै मनै लठ्ठै पार्ने हजुरकाे मीठाे बाेली।
✍️ सहयात्री शाेभा अर्याल
बुटवल १४ रुपन्देही

२५)
रुँदारुँदा  आँसु सुक्यो  आमालाई  याद गरी,
फोटो हेरी   रातबित्छ   टोलाएर   रात भरी।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा

२६)
१.
जन्मेपछि मर्नु पर्छ, सत्य कुरा भुलीकन,
अजम्बरी झैँ मान्छेले घिचिराख्छ हुलिकन ।
२.
थाहा छैन मरे पछि शरीर यो कहाँ जान्छ?
सत्यता छ कति कुन्नि भन्छन् मरे दुत लान्छ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

२७)
आकाशको जुनतारा जस्तै तिमी  मनमाया
सजाउनु दिलभित्र मैले भयो घामछाया ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा।

२८)
शिशिरको चिसो हावा पर पर भाग्छ घाम,
बृद्ध रोगी कसोगरी काट्ने होला शीत याम।
✍️ बिके मुखिया
दार्जिलिङ्ग

२९)
समयकाे गतिसंगै हिँड्न हामी सकिदैन
एकैनास दिनरात कैल्यै पनि देखिदैन।
✍️ मन्जु भावना
झापा, हाल माेरङ्ग

३०)

कति राम्रो देश हाम्रो प्रकृतिकाे  धेरै खानी
विविधता एकता नै विशाल छ स्वच्छ बानी ।
✍️ दुर्गा भट्टराई, मोरङ

३१)
बोलीचाली मीठो लाग्यो हेराई छ झन राम्रो ,
पहिलाे जाे दृष्टी मिल्याे प्रेमालाप बन्याे हाम्रो ।
✍️ रामजी लामीछाने
पाेखरा ।

३२)
आहा!राम्रो देखिएको बगैंचामा फूल फुल्दा,
जताततै ती पुतली रमाउँदै चुम्दै डुल्दा।
✍️ भगवती दवाडी
झापा ।

३३)
देशमा नै सकिन्छ यो उध्रिएको चोली फेर्न
बरू जाऊ परदेश, पर्यटक भई हेर्न ।
✍️ रिजाल विनोद
माेरङ्ग

३४)
जन्मिएको जन्मभूमि सक्दिन म आमा भुल्न ,
कमाउन विदशीएँ त्यसै हिङ्या हैन डुल्न ।
✍️ तारा घिमिरे, संखुवासभा

***** जय टुक्का! जय साहित्य!! *****

प्रतिक्रिया