अष्ट्रेलियामा एनआरएनए भिक्टोरियाद्वारा अटिजम सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम

इनेप्लिज २०७८ मंसिर १३ गते १०:४९ मा प्रकाशित

मेलबर्न।एनआरएनए अष्ट्रेलिया भिक्टोरिया,नारीनिकुञ्जले अटिजम सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।नेपाली समुदायमा अटिजमप्रतिको दृष्टिकोण र यसैकारण बालबालिका तथा वयस्क व्यक्तिहरुको मानसिक स्वास्थ्यमा परेको असरका बारेमा कार्यक्रम अन्तरक्रिया कार्यक्रम गरिएको हो।

नेपाली समुदायमा अटिजम भएका व्यक्तिहरुप्रति गरिने व्यवहार तथा उनीहरुलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आओस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक तथा एनआरएनए भिक्टोरियाकी महिला संयोजक पारु सापकोटा बताउनुहुन्छ।संयोजक सापकोटाले व्यक्तिगत पहलमै विगत दुई वर्षदेखि विभिन्न माध्यमबाट अटिजम सम्बन्धि जनचेतना जगाउने कार्य गर्दै आउनुभएको छ।यसपटक एनआरएनए भिक्टोरिया,नारीनिकुञ्ज मार्फत संस्थागत रुपमै अटिजम सम्बन्धि कार्यक्रम संचालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ।

कार्यक्रम भर्चुअल रुपमा,जुम मार्फत हुनेछ।जसमा मनोचिकित्सक डा उत्कर्ष कार्की,अटिजम विज्ञ सम्झना पराजुली,इन्फ़िनिट एबिलिटिका निर्देशक वासुदेव मरहट्ठा वक्ताको रुपमा रहनुहुनेछ।सहजकर्ताको रुपमा संयोजक पारु सापकोटा रहनुहुनेछ।

कार्यक्रम आगामी डिसेम्बर १८,शनिबार साँझ ६ बजेदेखी राती ८ बजेसम्म संचालन हुनेछ।

 

प्रतिक्रिया