छुवाछुतको विरुद्धमा निमार्ण भएको जनचेतना मुलक गीत “मानिसले मानिस भई“बा सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १३ गते २:१२ मा प्रकाशित

काठमाण्डौं।नेपाली मौलिक परिवेशलाई समेटेर तयार पारिएको “मानिसले मानिस भई“बोलको चेतना मुलक गीत सार्वजनिक भएको छ।सार्वजनिक गीतमा नव गायिका अम्बिका बिस्वकर्माको स्वर रहेको छ।

समाजमा रहेको  कुरिती र कुसस्कारमा अझै दलदल भएको छुवाछुत प्रथाको बारेमा गीतमा चित्रण गरिएको छ।समाजमा एकता र आपसी सदभाव कायम गर्नको लागी गीतमा सम्पुर्ण नेपालीमा आग्रह गरिएको छ।

अम्बिका विश्वकर्माको शब्द तथा लय सिर्जनामा रहेको गीतमा अमृत ल्वागुनले एरेन्ज गरेका हुन।आशाकाजी श्रेष्ठको निर्देशनमा रहेको उक्त भिडियोलाई छायाकन र सम्पादन बिनोद कुमार बानियाले गरेको हुन भने भिडियोमा दिल कुमार लामा,सुनिता बिस्वकर्मा,पुजा बिस्वकर्मा र राम लामाको ससक्त अभिनय देख्न सकिन्छ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया