आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१०
वासिङटन डिसी 03:25

पेन्सिलभेनियामा आफ्नो परिवारसँग धन्यबाददिवसमा रात्री भोजन गर्दा झ्यालबाट आएको गोली लागेर एकजनाको मृत्यु

इनेप्लिज २०७८ मंसिर १२ गते २१:२९ मा प्रकाशित

अमेरिकाको पेन्सिलभेनियामा आफ्नो परिवारसँग धन्यबाद दिवसमा रात्री भोजन (थ्याङ्क्सगिभिङ डिनर) गर्दै गर्दा एक व्यक्तिको गोली लागेर मृत्यु भएको छ ।

मोन्टगोमेरी काउन्टी जिल्ला अधिवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै नोरिसटाउन पेन्सिलभेनियामा आफ्नो परिवारसँग धन्यबाद दिवसमा रात्री भोजन खाइरहेका एक २५ वर्षीय व्यक्तिलाई अचानक आएको एकल गोली लाग्दा ज्यान गएको प्रहरीले बताए ।

एडिलबर्टो मिगल पालेज मोक्टेजुमा पेन्सेलभेनियाको आर्च मार्ग ( स्ट्रिट)को एउटा घरमा परिवारसँग रात्री भोजनको लागि टेबलमा बसिरहेका थिए, एउटा गोली झ्यालबाट आएर उनलाई लाग्यो ।

परिवारका सदस्यहरूले नोरिसटाउन फिलाडेल्फियाको लगभग २० माइल उत्तरपश्चिम पर्दछ । राति ९ः३० बजे अगाडी प्रहरीलाई घरमा पठाइएको थियो । उनको मुटुको धडकन (स्वास )गोली लागेको कारण उनि बेहोस थिए र हलचल गरेनन । उनलाई पेन प्रेस्बिटेरियन मेडिकल सेन्टर(चिकित्सा केन्द्र) मा लगियो र त्यसपछि मृत घोषित गरिएको अधिकारीहरूले बताए ।

मोन्टगोमेरी काउन्टीका जासुसहरू र नोरिसटाउन प्रहरीहरुले संयुक्त रुपमा हत्या अनुसन्धान सुरु गरेका छन् । गोलाबारी असम्बन्धित विवादमा जोडिएको पत्ता लगाएको जिल्ला वकीलको कार्यालयले समाचार विज्ञप्तिमा उल्लेख गरेका छन् ।

मोक्टेजुमाको उनको घरमा रात्री भोजन गर्दै गर्दा हत्या गरिएको थियो । र ,स्पष्ट रूपमा, उनी र उनको परिवार विवादमा संलग्न थिएनन्,” जिल्ला न्यायधिवक्ता केभिन स्टिलले विज्ञप्तिमा भने।

“हामी यो गोली चलाउने व्यक्ति र यस हत्यामा संलग्न अन्यलाई फेला पार्नेछौं र एक निर्दोष मानिसको हत्याको लागि न्याय खोज्नेछौं, जो आफ्नै घरको सिमानामा पनि सुरक्षित थिएनन्।” बिज्ञप्तिमा जनाईएको सिएनएनमा समाचार छ ।

 

प्रतिक्रिया