आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२६
वासिङटन डिसी 04:41

मोडेर्नाका प्रमुख चिकित्सा अधिकारीले ओमिक्रोन-विशिष्ट अभिवर्धक खोपको विकास भै रहेको बताए

इनेप्लिज २०७८ मंसिर १२ गते २०:५३ मा प्रकाशित

मोडेर्नाका प्रमुख चिकित्सा अधिकारीले आवश्यक परेमा ओमिक्रोन-विशिष्ट अभिवर्धक(बुस्टर) खोपको विकास भै रहेको बताएका छन् ।

मोडेर्नाका प्रमुख चिकित्सा अधिकारी डा. पौल बर्टनले ओमिक्रोन कोभिड-१९ प्रजातिको उदयसंग “केही हप्ताको अनिश्चितता” को भविष्यवाणी गरेका छन्, र ,उनले एक भिन्न-विशेष खोप उत्पादन गर्न “धेरै छिटो” अघि बढ्न सक्षम हुने बताए ।

“त्यहाँ तीनवटा प्रश्नहरू छन् जुन हामीलाई वास्तवमै जवाफ चाहिन्छ: यो प्रजाति (संस्करण )कत्तिको संक्रामक छ, यो कत्तिको गम्भीर छ र वर्तमान खोपहरूको प्रतिक्रियामा उत्पादन हुने रोग प्रतिरोधक क्षमता (एन्टिबडी)हरू प्रभावकारी हुनेछन्?” उनले सीएनएनलाई भने।

मोडेर्नाले गत शुक्रबार भन्यो ,नयाँ ओमिक्रोन प्रजाति(भेरियन्ट)ले यसको कोभिड-१९ खोपको प्रभावकारिताका साथै यसको उत्परिवर्तनका कारण प्राकृतिक रूपमा पुगेको प्रतिरोधात्मक क्षमताको लागि “महत्वपूर्ण सम्भावित जोखिम” प्रतिनिधित्व गर्दछ।

बर्टनले अमेरिकामा खोप नलिएका सबैले अब खोप लिनुपर्छ, र खोप लगाइएकाहरूले अभिवर्धक (बूस्टर) खोपहरु लिनुपर्छ ,उनले भने ।

मोडर्नाले गत गर्मी देखि नै नयाँ प्रजाति -विशेष अभिवर्धक (बूस्टर)हरूको परीक्षण गरिरहेको छ, बर्टनले भने, र ,प्रतिष्ठानले ओमिक्रोन प्रजातिका लागि पहिले नै काम गरिरहेको बताए ।

“हामी धेरै छिटो अघि बढ्न सक्छौं, हामी सोच्छौं कि हप्ताहरु देखि २ देखि ३ महिना भित्र, हामी परीक्षणको लागि र त्यसपछि प्रशासनको लागि ओमिक्रोन-विशिष्ट अभिवर्धक खोप (बुस्टर डोज )उपलब्ध गराउन सक्षम हुनेछौं। त्यसैले यो सब भन्दा द्रुत गतिमा जाँदैछ। तर,हामीले अब विज्ञानसँग होसियार साथ चल्नु पर्छ। हामी चुक्न चाहँदैनौं,” उनले भने।

“हामीले अर्को दुई हप्तामा के तथ्याँक आउँछ भनेर हेर्नु पर्छ,” बर्टनले थपे।

खोपको असमानताको बारेमा प्रश्न गर्दा बर्टनले भने ,मोडेर्नाले विश्व स्वास्थ्य संगठनको खोप-साझेदारी कार्यक्रम कोभ्याक्स मार्फत अफ्रिकी राष्ट्रहरूका लागि ११० मिलियन खोप (११ करोड खोप )डोज उत्पादन गरिरहेको छ, उनले थपे, “हामी रोगको बोझ रहेको ठाउँमा सन्तुलन कायम गर्न सक्दो प्रयास गरिरहेका छौं।”

प्रतिक्रिया