आइतबार, माघ ९ २०७८
काठमाडौं १४:३६
वासिङटन डिसी 03:51

टेनेसीको न्यासभिल स्थित एक आवासगृहमा गोलीबारी हुँदा मृत्यु हुने २ जना दाजुभाई भएको पुष्टी , दुई संदिग्ध मध्ये एक मारिए

इनेप्लिज २०७८ मंसिर १२ गते २०:०५ मा प्रकाशित


अमेरिकाको टेनेसी राज्यको न्यासभिल स्थित एक आवासगृह(अपार्टमेन्ट) मा गोलीबारी हुँदा ३ जनाको मृत्यु र ४ जना घाइते भएका मध्ये २ जना दाजुभाई भएको पुष्टि भएको छ ।

गत शुक्रबार राती भएको गोली काण्डमा ३ जना युवा मानिसहरुको निधन र ४ जना घाइते भएको प्रहरीले बताएका थिए । न्यासभिल प्रहरीका अनुसार मारिएका दाजुभाइहरूको पहिचान भएको र मारिनेहरुमा १८ वर्षीय ज्याकज शेरेल र १५ वर्षीय टावरियस शेरेल रहेको बताएका छन् ।

किशोरहरुका ४० वर्षीया आमा, उनीहरूका १६ र २० वर्षका दिदीबहिनी र १३ वर्षीय भाइ सबै घाइते भएका थिए। सबैजनाको स्वास्थ्य राम्रो हुदै गएको प्रहरीले जनाएका छन् ।

प्रहरीले दुई संदिग्ध मध्ये एक २९ वर्षीय क्रिस्चियन अकाईल जोन्सनको रूपमा पनि पहिचान गरेको छ, जसलाई गोली हानी मारिएको थियो। प्रहरीले दोस्रो संदिग्धको पहिचान गर्न सकेको छैन।

“गोली चलाउनुको कारण लुटपाट नै हो,” प्रहरीले भने । गोली चलाउनुको कारण पत्ता लगाउन गुप्तचरहरूले काम जारी राखेको समाचार अध्यावधिक गरि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

पीडितहरूका अनुसार, जोन्सन र अर्को व्यक्ति हतियारसहित उनीहरूको घरमा प्रवेश गरेपछि स्पष्ट रूपमा अगाडिको ढोका ढकढक गरे, प्रहरीले भने। भित्रबाट तीनवटा बन्दुक बरामद भएको छ ।

प्रहरीका अनुसार उक्त घटना गत शुक्रबार ९:४५ मिनेटको समयमा टोरबेट सेन्ट अपार्टमेन्ट(आवासगृह )मा भएको थियो ।

प्रतिक्रिया