शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा साहित्यकार रीतादेवीका दुई कृति बिमोचन

इनेप्लिज २०७८ मंसिर १२ गते १७:३४ मा प्रकाशित

अमेरिकामा लामो समय देखि बस्दै आएकी साहित्यकार रीतादेवीका दुई कृतिहरु काठमाडौँमा बिमोचन भएको छ । नेपाल भाषाका साहित्यकार रीतादेवी प्रधान जोशी रुमाठका दुई कृति फय् वःगु लँय् र तापालय् थ्वःगु सःको एक समारोहकाबीच सार्वजनिक गरिएका छन्।

शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार ध्रुव मधिकर्मी र अनेसासका पूर्व अध्यक्ष तथा नियात्राकार गीता खत्रीले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए ।सिर्जना अभियान समाज र नेवाः हाइकु ख्यःको आयोजनामा कार्यक्रम भएको हो।

समारोहमा वांगमय शताब्दी पुरुष जोशीले भाषा साहित्यको विकासमा विदेशमा बसोबास गर्ने लेखकहरुले पनि कलम चलाई साहित्यमा योगदान पुर्याएकोमा खुशी व्यक्त गरे ।

त्यसै गरि प्रज्ञासभा सदस्य साहित्यकार मधिकर्मीले स्रष्टाहरुले अग्रजको प्रभावलाई पचाएर आफ्नो लेखनको बाटो फरक बनाउँदै पहिचान स्थापित गर्नुपर्ने बताए। रीतादेवीका कथाहरुमा विदेशमा बस्ने नेपालीहरुको प्रवृत्ति र पीडालाई मार्मिक रुपले अभिव्यक्ति दिइएको उनले बताए।

नियात्राकार खत्रीले विदेशमा नेपाली भाषा र साहित्यको पहिचान बनाउन आफूले सक्दो प्रयास गरिरहेको बताउँदै साहित्यकार रीतादेवी पनि आफ्नो क्षेत्रमा निकै सक्रियतापूर्वक लेखन तथा सामाजिक कार्यमा जुटिरहे बताए।

विदेशमा रहेका कारण कृतिका स्रष्टा प्रधानले जूम प्रविधि मार्फत आफ्ना विचारहरु राख्दै कृतिको विमोचन भएकोमा खुशी व्यक्त गरे।

हाइकु ख्यःका अध्यक्ष सुरेश प्रधानको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकारहरु पूर्ण ताम्राकार, पुष्पराज राजकर्णिकार, शाक्य सुरेन, तुयु पुं र पूर्णिमा शाक्यले पनि मन्तव्य व्यक्ति गरेका थिए।

प्रतिक्रिया