आइतबार, माघ ९ २०७८
काठमाडौं १५:३२
वासिङटन डिसी 04:47

भर्जिनियाका कराते प्रशिक्षकले एक किशोरलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ

इनेप्लिज २०७८ मंसिर १२ गते १२:५९ मा प्रकाशित

 

अमेरिकाको भर्जिनिया राज्यको अलेक्जान्ड्रियाका मार्शल आर्ट (युद्ध कला )कराते प्रशिक्षकले एक किशोरलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको छ ।

फेयरफ्याक्स काउन्टी प्रहरीले गत शुक्रबार एक किशोरलाई यौन दुर्व्यवहार गर्ने कराते प्रशिक्षकलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार अलेक्जान्ड्रियाका ३५ वर्षीय काई रेन्डनलाई एक किशोरले आफ्ना आमाबुवालाई ग्रीष्मकालदेखि कैयौं पटक प्रशिक्षकले आफूमाथि यौन दुर्व्यवहार गरेको बताएपछि पक्राउ गरिएको हो।

प्रहरीलाई गत नोभेम्बर २४ मा घटनाबारे जानकारी गराइएको थियो।

रेन्डन किंग्सटाउनको पोटोम्याक केम्पो स्थित ५९५८ किंग्सटाउन स्थित मार्सल आर्ट्स (युद्ध कला )कराते प्रशिक्षण केन्द्रका प्रशिक्षक थिए। उनले धेरै मौका मिलाएर रेन्डनले पीडितलाई निर्देशन अवधिमा आफ्नो घरमा लगे जहाँ उनले पीडितलाई यौन दुर्व्यवहार गरेको समाचार एबिसी७ न्यूजले समाचार लेखेको छ ।

प्रतिक्रिया