आइतबार, माघ ९ २०७८
काठमाडौं १५:००
वासिङटन डिसी 04:15

३० जनाको लुटेराहरूको समूहले कालो शुक्रबार मिनेसोटामा बेस्ट बाइ पसलमा लुटपाट

इनेप्लिज २०७८ मंसिर १२ गते ११:१२ मा प्रकाशित

हातहतियार बिनै २०-३० जनाको लुटेराहरूको समूहले ब्ल्याक फ्राइडे (कालो शुक्रबार) अमेरिकाको मिनेसोटामा बेस्ट बाइ पसलमा लुटपाट गरेका छन् ।

अधिकारीहरुका अनुसार ब्ल्याक फ्राइडेमा मिनियापोलिस-सेन्ट पल क्षेत्रमा रहेको बेस्ट बाइ पसलमा ३० लुटपाट गरेको जनाएका छन् । यस्तो चोरी हालै अमेरिका भरि देखिएका अन्य सामूहिक डकैतीसँग मिल्दोजुल्दो छ।

त्यस्ता घटनाहरूमा धेरै लुटेराहरू पसलमा भेला हुन्छन र स्वयम् लुट्छन् र भाग्छन । कहिलेकाही पसलहरू र पसलका कर्मचारीहरूलाई उक्त गतिबिधिमा आक्रमण गर्छन्।

मिनियापोलिसको दक्षिणमा रहेको सहर बर्न्सभिलका प्रहरीका अनुसार समूह बेलुका ८ बजे पछि बर्न्सभिल केन्द्र नजिकैको बेस्ट बाइ स्थानमा प्रवेश गरेका थिए । उनीहरु प्रहरीहरु आइ पुग्नु अगाडी तिनीहरू भागेका थिए ।

समूहमा कसैले हतियार प्रदर्शन नगरेको र कसैलाई चोटपटक नलागेको बताईएको छ । तुरुन्तै कसैलाई गिरफ्तार गरिएको छैन भने कति सामान चोरी भयो भन्ने स्पष्ट नभएको बताईएको समाचार सिबिएस न्यूजले समाचार लेखेको छ ।

त्यस्तै गरि अर्को घटनामा शहरको मुख्य केन्द्र (डाउनटाउन) सेन्ट पल नजिकैको म्यापलवुडमा छ जना व्यक्तिहरूले अघि बेस्ट बाइ लुटेका थिए । उनिहरु धेरै सवारी साधनहरूबाट घटनास्थल भागेका थिए ।

 

प्रतिक्रिया