आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२२
वासिङटन डिसी 04:37

रुसी खानी दुर्घटनामा ५१ जनाको मृत्यु भए पछि ५ जनालाई २ महिना कैद सजाय

दोषी प्रमाणित भएमा उनीहरुलाई ७ वर्षसम्म कैद हुन सक्ने

इनेप्लिज २०७८ मंसिर १२ गते १:५७ मा प्रकाशित

रुसी खानीमा दुर्घटनामा कम्तिमा ५१ जनाको मृत्यु भए पछि ५ जनालाई अनुसन्धानकै क्रममा २ महिना कैद सजाय सुनाईएको छ ।

रुसी अधिकारीहरूले गत बिहीबार दक्षिणपश्चिम साइबेरियाको केमेरोभो क्षेत्रमा रहेको लिस्टभ्याज्नाया खानीमा मिथेन विस्फोट हुँदा ५१ जनाको मृत्यु भएको जानकारी दिएका थिए ।

रुसमा सन् २०१० यताको यो त्रासदी सबैभन्दा घातक मानिएको छ। केमेरोभो सहरको केन्द्रीय जिल्ला अदालतले लिस्टभ्याज्नाया खानीका निर्देशक सर्गेई मखराकोभ, उनका सहायक आन्द्रेई मोलोस्तभोभ र खण्ड पर्यवेक्षक सर्गेई गेरासिमेनोकलाई कैद सजाय सुनाएको छ।

उनीहरूले खतरनाक उत्पादन सुविधाहरूको लागि औद्योगिक सुरक्षा आवश्यकताहरू उल्लङ्घन गरेको आरोपको सामना गरिरहेका छन् जसको परिणामस्वरूप धेरै जनाको मृत्यु भएको थियो । दोषी प्रमाणित भएमा उनीहरुलाई ७ वर्षसम्म कैद हुनसक्छ ।

मस्कोबाट करिब ३,५०० किलोमिटर (२,१७५ माइल) पूर्वमा रहेको क्षेत्रमा दुर्घटना भएको थियो । भेन्टिलेसन शाफ्टबाट (वायु संचार पातलो डण्डा)मा धुवाँ फैलिँदा करिब २ सय ८५ जना खानीभित्र रहेको आपतकालीन मन्त्रालयले जनाएको थियो ।

कानून प्रवर्तन अधिकारीहरूले शुक्रबार भने कि खानीहरूले खानीमा मिथेनको उच्च स्तरको बारेमा गुनासो गरेका थिए। रुसको शीर्ष स्वतन्त्र समाचार मेडुजाले यस वर्ष अधिकारीहरूले खानीका केही खण्डहरूको काम नौ पटक रोकेका थिए भनि समाचार लेखेको थियो ।

सुरक्षा उल्लङ्घनको लागि ४ मिलियन रूबल (लगभग $ ५३ हजार डलर) भन्दा बढी जरिवाना जारी गरेका थिए ।

प्रतिक्रिया