आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५४
वासिङटन डिसी 05:09

मिनेसोटामा सामाजिक सञ्जालमा अङ्कीयदृश्य(भिडियो)बनाउदै गरेका ५ बर्षिय बालकलाई १३ बर्षिय किशोरले गोली हान्दा निधन

इनेप्लिज २०७८ मंसिर १२ गते ०:२८ मा प्रकाशित

अमेरीकाको मिनेसोटा राज्यमा सामाजिक सञ्जालको लागि अङ्कीयदृश्य(भिडियो)बनाउदै गरेका ५ बर्षिय बालकलाई गोली हान्दा निधन भएको छ । मिनेसोटा प्रहरीका अनुसार गल्तीले थ्याङ्क्सगिभिङ(धन्यबाद दिवस)मा १३ बर्षिय किशोरले गोली चलाउदा उनको निधन भएको प्रहरीले बताए ।

ब्रुकलिन पार्क प्रहरीले राति १०:२० बजे फ्लोरिडा एभिन्यूमा रहेको घरमा उक्त घटना भए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए । बिहीबार गोली लागेको एक बालकको खबरको प्रतिक्रियामा प्रहरीले शुक्रबार सामाजिक संजाल (फेसबुक)मार्फत विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेका छन् ।

अधिकारीहरूले “प्राथमिक उपचार प्रदान गर्ने प्रयास गरे, तर बालकको घटनास्थलमै मृत्यु भयो,” प्रहरीले भने।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा १३ वर्षीय किशोरले घर भित्र बन्दूक खेलाई रहेको निर्धारण गरेको प्रहरीले बताए । धेरै अन्य किशोरहरू सामाजिक सञ्जाल भिडियो (अङ्कियदृश्य )बनाउने प्रयास गर्दा त्यहाँ जम्मा भएका थिए ।

कुन परिस्थितिले गोली चलाएको हो भन्ने कुरा स्पष्ट हुन सकेको छैन। तर कुनै समयमा किशोरले “५ वर्षको बालकलाई बन्दुकले गोली हानेको थियो,” प्रहरीले भने, अनुसन्धानकर्ताहरूले गोली चलाउनु संयोगवश भएको विश्वास गरेका छन् ।

किशोरलाई पक्राउ गरिएको छ भने हाल हेन्नेपिन काउन्टी नाबालिग कारावास केन्द्रमा हिरासतमा रहेको प्रहरीले जनाए । प्रहरीका अनुसार अनुसन्धान जारी रहेको सिएनएनले समाचार प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया