आइतबार, माघ ९ २०७८
काठमाडौं १५:५०
वासिङटन डिसी 05:05

संस्थाको कुशल व्यवस्थापक सम्मान दिपेश लिम्बुलाई प्रदान

इनेप्लिज २०७८ मंसिर ११ गते २३:४१ मा प्रकाशित

 

न्यूयोर्क/ किरात आक्थुङ चुम्लुङ अमेरीकाले दिपेश लिम्बुलाई संस्थाको कुशल व्यवस्थापकको रूपमा सम्मान गरेको छ । गत हप्ता लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आई रहेको “वलिहाङ तङनाम्” ५०८१ कार्यक्रममा सम्मान गरिएको हो ।

२००४ देखि निरन्तर सन्स्थापक महासचिब हुदै २०१७ -२०१९ का कुशल ब्यबस्थापक अध्यक्ष सम्हालेर आज पनि उत्तिकै सकृय हुनुभएकोले बर्तमान किरात याक्थुङ चुम्लुङ्का सल्ल्हाकार समेत रहेका दिपेश लिम्बु खाम्बेकलाई किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मांनित गरिएको चुम्लुङका अध्यक्ष सुमन थाम्सुहाङ लिम्बुले बताउनुभयो ।

उहाले समाज, समुदायमा दिएको योगदान, पुरानोलाई सम्मान भाबि पीढ़ीलाई प्रोत्साहन स्वरूप प्रदान गरिएको बताउनु भयो। यसरी अचानक समाजले योगदानलाइ कदर गरेको पलमा सम्मानित व्यक्ति मात्र हैन अन्य सबै नेपाली समुदायमा समेतलाई समाज प्रति उत्तरदायी हुन प्रेरणा मिल्यो ।

आफू सम्मानित भएकोमा भावुक हुदै सल्लहाकार खाम्बेकले २००४ देखि किरात याक्थुङ चुम्लुङ यहा सम्म आइपुग्दाको तितो मीठी किस्सा पनि सुनाए ।उहा संगै काम गरेका तत्कालिन महासचिव साथै हाल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष लोक चेम्जोङले कियाचुको स्थापनादेखी हाल सम्मकै अध्यक्षहरू मध्ये दिपेश लिम्बुको अध्यक्षताको कार्यसमितीले संस्थागत व्यवस्थापन, बैचारिक , आर्थिक नेतृत्वर समुदायप्रतिको जिम्मेवारीमा उत्कृष्ट रहेको बताउनु भयो ।

साथै सहि कामको मूल्याङकन भएकोमा वर्तमान कार्यसमितीलाई धन्यवाद पनि व्यक्त गर्नु भयो । कियाचु अध्यक्ष सुमन थाम्सुहाङले सम्मान पत्र प्रदान गर्दै संस्थाका अनुभवि , पूर्व पदाधिकारीहरूबाट अनुभव लिदै यो संस्थालाई सिंगो लिम्बुहरूको आस्थाको धरोहरको रूपमा स्थापित गराउने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया