जिवन, सघर्ष र सुख

देवी राम सन्याल २०७८ मंसिर ११ गते १२:१२ मा प्रकाशित

 जिवनको अर्थ ब्यक्ति पिच्छे फरक फरक छ।

भौतिक र आर्थिक सम्पन्नता सहित विलासिताका चरम सुविधा उपभोग गर्ने देखी जिउनका निम्ति दुई छाक टार्न धौधौ परेको हरु पनि हामि देखिरहेका छौँ।

जनताका पिर मर्का सम्बोधन गर्ने र समस्याको समाधान गर्न हेतुले विभिन्न तहमा सरकार र संयन्त्र भएता पनि ति सबै पहुँच हुने,धनाढ्य र शक्तिको नजिकका हुनेले मात्र प्राप्त गरि रहेका छन्।

आज एका विहानै एक जना दलित समुदायका खुट्टा भाँचिएको उपचार गर्न नसकेका करिव ५० बर्षका धौले दमाई मलाई भेट्न आउनु भयो।

गहभरि आँशु पार्दै भन्नु भयो ” मास्टर साब (शिक्षकलाई सम्बोधन गर्दै शब्द) हजुरले सहयोग गर्नु हुन्छ भन्ने सुनेको थिएँ।अहिले खानलाई पनि केही छैन।उपचार नपाए पनि जेनतेन बाचेकै छुँ तर भोको बाँच्न नसकिने रहेछ। केही गर्दिनु होस्। ”

यद्यपी म पनि एक साधारण नागरिक मात्र हुँ।वार्ड,नगर,प्रदेश र केन्द्र गरि विभिन्न तहमा सरकार छन् जनताको सेवाका लागि।तर ति सबै ब्यर्थ छन।वहाँलाई त्यहाँ विश्वाश भएन सायद। तर मलाई किन यो दुःख व्यक्त गर्नुभयो?
म अलमल परे।
एका बिहानै भएकाले अलि बढी नै भावुक भँए।

केही भन्न सकेन।झुटा आश्वासन किन दिन्थें र नेताहरूले जस्तै।
नुन संग खाँदा मुस्लिमले २ दिन जतिलाई पुग्ने गरी मैले सकेको आफ्नो १ दिनको ( आज शनिबार बिदाको दिनको) तलब बाफत प्राप्त हुने रकम वहाँलाई दिएर पठाँए।

एक दुःखद जिवनको संघर्ष।

 

प्रतिक्रिया