आइतबार, माघ ९ २०७८
काठमाडौं १५:०२
वासिङटन डिसी 04:17

नर्थ क्यारोलाईनाको एक बिशाल बजारमा ब्लाक फ्राईडे (कालो शुक्रबार)का दिन ३ जनालाई गोली प्रहार ,एक व्यक्ति हिरासतमा

इनेप्लिज २०७८ मंसिर ११ गते २:४५ मा प्रकाशित

अमेरिकाको नर्थ क्यारोलाईना राज्यको एक बिशाल बजार(मल )मा सामानमा भारी छुट हुने हुनाले ब्लाक फ्राईडे(कालो शुक्रबार)का दिन खरिद गर्न आएका ३ जनालाई गोली प्रहार गरिएको प्रहरीले जनाएका छन् ।

नोभेम्बर २६ शुक्रबारका दिन खरिद गर्न आएका थुप्रै मानिसहरु जम्मा भएको स्थानमा गोलि चले पछि बिशाल बजार खाली गर्नु परेको प्रहरीले बताए।

डरहमको साउथपोइन्ट मल नामक बिशाल बजारको दोस्रो तल्लामा दिउँसो ३ः२३ बजे तीनजनालाई गोली प्रहार गरिएको प्रहरीले जनाए । गोली प्रहारमा एक १० वर्षीय बालक पनि परेका छन् भनि एबिसीन्युजले समाचारमा उल्लेख गरेको छ ।उनि खतरा मुक्त रहेको प्रहरीले भने। गोली प्रहारबाट घाइते भएका अन्य दुई जनाको अवस्था भने अज्ञात छ ।

बिशाल बजार खाली गर्ने क्रममा तीन जनालाई चोटपटक लागेको प्रहरीले जनाएका छन् ।

एकजनालाई हिरासतमा लिइएको र गोलीबारीमा संलग्न अन्यहरू घटनास्थलबाट भागेको डरहम प्रहरी विभागले जनाएको छ। धेरै बन्दुकको आवाज सुनेपछि पसलहरूले मानिसहरू दौडिरहेको र चिच्याइरहेको बताए।

त्यहाँ रहेको भर्यांग तल माथि चल्दा मानिसहरूलाई कुल्चिएको एक प्रत्यक्षदर्शीले बताए। प्रहरीले एक जनालाई हिरासतमा लिएका छन् ।

 

प्रतिक्रिया