आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४४
वासिङटन डिसी 03:59

ब्रायन एडम्स एक महिना भित्र दोस्रो पटक कोभिड-१९ बाट संक्रमित

१० बर्ष अगाडी अन्तर्राष्ट्रिय चर्चित गायक ब्रायन एडम्स नेपाल पुग्ने पहिलो अन्तरराष्ट्रिय कलाकार हुन्

इनेप्लिज २०७८ मंसिर ११ गते १:५५ मा प्रकाशित

क्यानडाका लोकप्रिय गायक ब्रायन एडम्स दोस्रो पटक कोभिड-१९ बाट संक्रमित भएका छन् । स्मरण रहोस ,१० बर्ष अगाडी अर्थात् सन् २०११ मा अन्तर्राष्ट्रिय चर्चित कलाकार ब्रायन एडम्स नेपाल पुग्ने र प्रस्तुत गर्ने पहिलो अन्तरराष्ट्रिय कलाकार हुन्। सन् २०११ मा उनि नेपाल पुगेका थिए ।

ब्रायन एडम्सको योजना एक पटक फेरि कोभिड-१९ को कारण अवरुद्ध भएको छ । संगीतकार समेत रहेका एडम्स एक महिनामा दोस्रो पटक उनलाई कोरोना भाइरसबाट संक्रमित हुन् पुगेका छन् ।

एडम्स छायाचित्रकार (फोटोग्राफर) पनि हुन । आफ्नो पुष्टि गरिएको सामाजिक संजाल इन्स्टाग्राम खाता मार्फत इटालीको मिलान मालपेन्सा विमानस्थलमा आइपुगेपछि संक्रमित भएको हिस्सा (शेयर ) गरेका थिए । त्यहाँ उनको कोरोना जाँच गरिएको थियो ।

“म यहाँ छु, भर्खरै मिलानो आइपुगेको छु, म एक महिनामा दोस्रो पटक कोभिडबाट संक्रमित भएको छु,” । म अस्पताल जाँदैछु । तपाईहरु सबैको समर्थनको लागि धन्यवाद भनि लेखेका छन् ।

गत अक्टोबरमा पनि एडम्सलाई रक एन्ड रोल हल अफ फेम इन्डक्सन नामक समारोहमा प्रदर्शनबाट बाहिर निस्कनु परेको थियो । उनका प्रतिनिधिले एडम्सलाई “पूर्ण रूपमा खोप लगाएको र कुनै पनि लक्षणहरू नभएको” भनेका थिए ।

एडम्स पिरेलीको २०२२ पात्रोको लागि प्रवर्द्धन कार्यक्रमहरू अघि इटाली आइपुगेका थिए भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया