आइतबार, माघ ९ २०७८
काठमाडौं १४:४९
वासिङटन डिसी 04:04

म्याडोनाले भड्किलो तस्विर इन्स्टाग्राममा राखे पछि हटाइयो ,उनले पनि इन्स्टाग्राममालाई दनक दिईन

इनेप्लिज २०७८ मंसिर ११ गते १:०८ मा प्रकाशित

अमेरिकी प्रसिद्ध गायिका म्याडोनाले भड्किलो तस्विर सामाजिक संजाल इन्स्टाग्राममा राखे पछि हटाइएको छ । हटाए पछि उनि पनि के कम ? उनले पनि इन्स्टाग्राममालाई दनक दिएकी छिन ।

म्याडोनाले इन्स्टाग्राममा उनको वक्षस्थलको संबेदनशील अङ्ग प्रदर्शन गरेको कारण उनका पृष्ठबाट तस्बिरहरु हटाईएकोमा आलोचना गरिन ।

गत बिहीबार उनले प्रकाशित गरेका आफ्नो प्रमाणित खातामा ६३ वर्षीया सुप्रसिद्ध गायिकाले सामाजिक सञ्जाल इन्स्टाग्रामले वयस्क नग्नता नियमहरू उल्लङ्घन गरेको आरोपमा हटाएपछि तस्बिरहरु पुन: प्रकाशित गर्ने निर्णय गरेको बताइन्।

उनले शयनकक्षमा मोजा लगाएको विभिन्न प्रकारका तस्बिरहरूमा देखाईएको छ । उनको वक्षस्थलका अन्य भागहरु देखिएको त्यसलाई छोपी छोप्ने इमोजीहरूसँग पुन: प्रकाशित गरिएको थियो।

इन्स्टाग्रामका प्रवक्ताले सीएनएनलाई एक विज्ञप्तिमा भने कि यसको नियमहरू उल्लङ्घन गर्ने तस्बिरहरू हटाइन्छ “जब हामीले फेला पार्छौं, जुनसुकैले प्रकाशन गरे पनि हटाइने बताए ।

म्याडोनाले आफ्ना १ करोड ७० लाख प्रशंसकहरु छन । उनले आफ्ना अनुयायीलाई लेखेको प्रकाशन (पोस्ट)मा भनिन्, ‘म इन्स्टाग्रामले कुनै चेतावनी वा सूचना बिना हटाइएका तस्बिरहरू पुनः प्रकाशन गर्दैछु।

“यो अझै पनि मलाई अचम्म लागेको छ कि हामी एक संस्कृतिमा बाँचिरहेका छौं जसले महिलाको शरीरको प्रत्येक इन्चलाई स्तन मुन्टो (निप्पल )बाहेक देखाउन अनुमति दिन्छ,उनले कडा जवाफ दिएकी छिन ।

यसको सार्वजनिक रूपमा उपलब्ध नियमहरू अनुसार सामाजिक संजाल प्रतिष्ठान (सोशल मिडिया कम्पनी)ले “नग्नता वा यौन गतिविधिको प्रदर्शनलाई प्रतिबन्धित गर्दछ किनभने केही व्यक्तिहरू… यस प्रकारको सामग्रीप्रति संवेदनशील हुन सक्छन्।” भनि बताएको छ ।

 

प्रतिक्रिया