रमेश प्रसाइले पहिलो पटक लेखेको कमेडी गीत आज ‘तरुनी खोज्दे भन्न थाले’ सार्वजनिक

इनेप्लिज २०७८ मंसिर १० गते २२:५६ मा प्रकाशित

इटहरी।चर्चित पत्रकार तथा गायक रमेश प्रसाई र जीवन विष्टको शब्द तथा संगीतमा ‘तरुनी खोज्दे भन्न थाले’ बोलको गीत सार्वजनिक भएको छ।कमेडी प्याटर्नका गीतहरु लामो समयदेखि बजारमा नआइरहेको अवस्थामा यो गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास गरिएको छ । पत्रकारितामा लामो समयदेखि सक्रिय प्रखरवक्ता प्रसाईले लेखेको यो पहिलो गीत हो।यसअघि उनी ‘रिंकेबुङको राँगा’ बोलको गीतबाट गायकका रुपमा स्थापित भइसकेका छन्।

ग्यालेक्सी फोर के टेलिभिजन च्यानलमा उनको चर्चित कार्यक्रम लालमोहर प्रशारण हुने गर्छ।गीतमा पुर्वका चर्चित युवा गायक तुलसी घिमिरेले आवाज दिएका छन् ।घिमिरेको स्वरमा यसअघि सार्वजनिक भएका ल्याङ ल्याङ भो,किस्ताबन्दीमा,ए मेरी तरुनी बोलका गीत निकै चर्चित छन्।पूर्वका सबै जसो कार्यक्रमका स्टेज तताइसकेका युवा गायक घिमिरेको यो गीतसमेत हिट हुने अनुमान गरिएको छ।म्युजिक भिडियोको निर्देशन तुलसी घिमिरे र सरोज केसीले गरेका छन्।

विराटनगरको बिट्स स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्जर सुरज श्रेष्ठ हुन्।इटहरी आर्ट एण्ड फाउण्डेशनको प्रोडक्सन रहेको भिडियोको सम्पादन र कलरको काम इटहरीका चर्चित फोटोग्राफर संयोगजङ्ग विष्टले गरेका छन् भने क्यामेरामा आशिष लुईटेल,प्रो नेफोलीले सहयोग गरेका छन्।

प्रतिक्रिया