आइतबार, माघ ९ २०७८
काठमाडौं १५:१४
वासिङटन डिसी 04:29

अमेरिकामा ४३ बर्ष कैद सजाय पाएका निर्दोष व्यक्ति कैद मुक्त भए पछि १० लाख डलर भन्दा ज्यादा सहयोग

इनेप्लिज २०७८ मंसिर १० गते १२:१७ मा प्रकाशित

अमेरिकाको मिजौरी राज्यमा ३ वटा हत्याको आरोपमा ४३ बर्ष कैद सजाय भोगी कैद मुक्त भएका ६२ बर्षिय केभिन स्ट्रिकल्यान्डलाई जनताले गो फन्डमि मार्फत उनलाई १० लाख डलर (१ मिलियन ) भन्दा ज्यादा सहयोग मिलेको छ । गो फण्ड खोले पछि आर्थिक सहयोग गर्नेको ताती लागेको छ । कोष वृद्धि क्रम बढ्दो छ ।

उनीलाई पश्चिमी मिजौरीको क्यामेरोनको एक पश्चिमी सुधार केन्द्र कैद गरिएको थियो । उनलाई १९७९ मा एक प्रथम श्रेणीको हत्या र दोश्रो दर्जाको तीन वटा हत्याको दोषी ठहर गरि कैद गरिएको थियो । उनलाई ५० बर्षको कैद सजाय दिइएको थियो । उनि निर्दोष प्रमाणित भए पछि कैद मुक्त भएका छन् । उनले अझ पनि आफूले हत्या नगरेको र निर्दोस भएको बताई रहेका छन् ।

वरिष्ठ न्यायाधीश जेम्स वेल्सले गत मङ्गलबार नोभेम्बर २३ का दिन बिहान ६२ वर्षीय केभिन स्ट्रिकल्यान्डलाई दोषी मुक्त गर्नको लागि आफ्नो फैसला सुनाएका थिए ।

पाङ्ग्रे कुर्सि (ह्वीलचेयर)बाट केभिन स्ट्रिकल्यान्डले गत मंगलबार दिउँसो कैदबाट रिहा भएको केही समयपछि बोलेका थिए । उनले आफ्ना वकिलहरू र वर्षौंदेखि उनको कुरा सुन्ने सबैको लागि आभार व्यक्त गरेका थिए । उनले आफ्नो निर्दोषता कायम राखेको समाचार सिएनएनले समाचार लेखेको थियो ।

स्ट्रिकल्याण्ड विरुद्धको सबै आपराधिक गणनाहरू खारेज गरिएको थियो । उनको रिहाईले उनको कैदलाई मिसौरी इतिहासमा सबैभन्दा लामो गलत कैद सजाय बनाएको छ ।

“यो दिन आउँछ भन्ने सोचेको थिइनँ।” र “अझै पनि अविश्वास गर्दिन ” स्ट्रिकल्याण्डले भनेका थिए ।

 

प्रतिक्रिया