दक्षिण अफ्रिकामा नयाँ प्रजातिको कोभिड-१९ देखिएको छ । यो देखिए संगै फैलिन सक्ने भएकोले दक्षिण अफ्रिकी वैज्ञानिकहरूले चेतावनी दिएका छन् । यो घोषणा हुने बित्तिकै बेलायतले ६ अफ्रिकी देशहरुको उडानमा प्रतिबन्ध लगाएको छ ।
दक्षिण अफ्रिकी नयाँ प्रजातिको कोरोना फैलिए संगै बिश्व बजारमा गिरावट (तल) झरेको छ । यसको भयसंगै बजार उथुलपुथुल भएको छ ।
दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्रीले बिहीबार नयाँ कोरोनाभाइरस भेरियन्ट (प्रजाति )पत्ता लागेको छ जुन देशका केही भागहरूमा द्रुत रूपमा फैलिरहेको घोषणा गरेका छन् ।
“सुरुमा यो केही क्लस्टर(झुण्ड ) प्रकोप जस्तो देखिन्थ्यो, तर हिजोदेखि, हाम्रो वैज्ञानिकहरूले जीनोमिक्स सर्भेलेन्स(निरीक्षण)को अंतर्जाल (नेटवर्क)बाट नयाँ प्रजाति हेरिरहेका छन् भन्ने संकेत आयो,” स्वास्थ्य मन्त्री जो फाहलाले भने, यो अहिले स्पष्ट नभएको कुरामा जोड दिए। यसलाई बि १ १ ५२९ नाम दिइएको छ ।
यो अहिलेसम्म दक्षिण अफ्रिका, बोत्सवाना र दक्षिण अफ्रिकाबाट हङकङ जाने यात्रुमा भेटिएको छ, फाहलाले थपे। पत्रकार सम्मेलनको क्रममा वैज्ञानिकहरूले भने कि नयाँ प्रजातिमा असामान्य रूपमा उच्च संख्यामा उत्परिवर्तनहरू छन्।
सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसन(महामारी प्रतिक्रिया र नवीनता केन्द्र)का निर्देशक प्राध्यापक टुलियो डे ओलिभेराले भने कि नयाँ प्रजाति (भेरियन्ट)मा “हामीले सोचेभन्दा धेरै उत्परिवर्तनहरू छन्” र यो “धेरै छिटो फैलिरहेको छ र हामी आगामी दिनमा स्वास्थ्य प्रणालीमा दबाब देख्ने आशा गर्दछौं।”
उनले जनतालाई “अत्यधिक फैलाउने बाट बच्न प्रयास गर्न” सल्लाह दिए। नयाँ प्रजातिको देखा परे पछि बिहीबार, बेलायतका अधिकारीहरूले बेलायतको स्वास्थ्य सुरक्षा सँस्थाले भेरियन्टमा चिन्ता व्यक्त गरेपछि छ वटा अफ्रिकी देशहरू बेलायतको अलागी यात्रा “रातो सूची” मा थपिने घोषणा गरेका छन भनि सिएनएनले समाचार लेखेको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले दक्षिण अफ्रिका, नामिबिया, लेसोथो, बोत्स्वाना, इस्वाटिनी र जिम्बाब्वेबाट बेलायतको उडान शुक्रबार मध्याह्नदेखि बन्द गरिने र सबै छ वटा देशलाई रातो सूचीमा थपिने बताए । प्रस्थानको ती बिन्दुहरूबाट घर आइपुग्दा आफ्नै खर्चमा १० दिने अतिथि गृहमा एकान्तवास (होटेल क्वारेन्टाइन)मा बस्नुपर्छ उनले भने ।
प्रतिक्रिया