आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:०५
वासिङटन डिसी 08:20

फेडेक्सका सयौ प्याकेज( संपुष्टि)हरू अलाबामाको खाडलमा फ्याँकिएको अवस्थामा फेला

चाडपर्वका समयमा ग्राहकमा महत्वपूर्ण सामान अलपत्र ,फेडेक्सको गैर जिम्मेबारी कार्य

इनेप्लिज २०७८ मंसिर ९ गते २०:४९ मा प्रकाशित

फेडेक्सका सयौ प्याकेज( संपुष्टि)हरू अलाबामाको खाडलमा फ्याँकिएको अवस्थामा फेला परेको प्रहरीले जनाएका छन् ।

स्थानीय शेरिफको कार्यालयका अनुसार बर्मिङ्घमको लगभग ४० माईल उत्तरपूर्वमा रहेको ब्लाउन्ट काउन्टीमा बुधबार सयौं फेडेक्सका संपुष्टि (प्याकेज)हरू फ्यालिएको अवस्थामा फेला परेका थिए ।

प्रहरी सहायकहरूले बुधवार दिउँसो निजी सम्पत्तिको एक खाडलमा फेला पारे पछि प्रतिक्रिया दिए। जहाँ उनीहरूले विभिन्न आकारका ३०० देखि ४०० सम्म फेडेक्सका सम्पुष्टि भेट्टाए जुन खाडलमा फालिएको जस्तो देखिन्छ ,ब्लाउन्ट काउन्टी शेरिफको कार्यालयले सामाजिक संजाल (फेसबुक)मार्फत एक विज्ञप्तिमा भने।

फेडेक्सका क्षेत्रीय प्रबन्धकले प्रतिक्रिया दिएका छन् । शेरिफको कार्यालयका अनुसार फेडेक्सले धेरै मालबाहक सवारी साधन(ट्रक) र चालकहरू पठाएका र बिहीबार सूर्योदयमा हुनु अगाडी संपुष्टि(प्याकेज)हरू पुन सवारी साधनमा लदाइ (लोड )गर्न सुरु गर्न लागिएको जनाए ।

सिएनएनलाई एक बिज्ञप्ति मार्फत फेडेक्सले भन्यो “हाम्रा ग्राहकहरूको ढुवानीको सुरक्षा उच्च प्राथमिकता हो र हामी हाम्रा ग्राहकहरूको संपुष्टि (प्याकेज)हरू अत्यन्त सावधानीपूर्वक व्यवहार गर्न प्रतिबद्ध छौं।”

“हामीले सकेसम्म चाँडो प्रभावित संपुष्टिहरू पुन: प्राप्ति र ढुवानी गर्न कदम चालिरहेका छौं,” विज्ञप्तिमा भनिएको छ। “कानून प्रवर्तनसँग सहयोग गर्नुका साथै, हामी यस अवस्थाको समीक्षा गर्दैछौं र उपयुक्त कदम चाल्नेछौं।”

चाडपर्वका समयमा ग्राहकमा महत्वपूर्ण सामग्रीहरु अलपत्र परेको देखिएको छ ।

प्रतिक्रिया