एमालेका नेता तथा कार्यकर्ताले चितवनको विकास देख्नेछन् : नेतृ पुनम यादव

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा रौतहट जिल्लाकी प्रभावशाली नेतृ पुनम यादवले एमालेले चितवनको विकासले देखेर आफ्नो दशौं महाधिवेशनका लागि उक्त स्थान रोजेको दाबी गरेकी छन्।एमालेको उद्घाटन सत्रमा देशभरबाट उपस्थिति हुने ४० प्रतिशत मात्र एमालेको कार्यकर्ता हुने र ६० प्रतिशत चितवनको विकास हेर्न आउने उनको भनाई छ।
नेतृ यादवले भनिन्,‘भक्तपुर महानगरपालिकालाई मेयर रेणु दाहालले संसारकै नमुना महानगर बनाउनुभएको छ।अहिले चितवनले बाह्य र आन्तरिक पर्यटकलाई मात्र आकर्षित गरेको छैन,अधिकांश राजनीतिक दलहरुको पनि यही नजर परेको छ।एमालेका नेता तथा कार्यकर्ताले यसपटक रेणु दाहालले बनाएको नुमना महानगरपालिका हेरेर जानेछन्।यो खुसीको कुरा हो।’
नेतृ यादव भक्तपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई संसारकै सफल र उदाहरणीय मेयर भन्न रुचाउँछिन्।उनी अगाडि भन्छिन्,‘चितवनमा जस्तो विकासको लहर अहिले कुनै पनि महानगर,उपमहानगरमा भएको छैन।दिनरात चितवनको विकासका लागि रेणु दाहाल खटिरहनुभएको छ।उहाँले आफ्नो कार्यकालमा चितवनलाई थप गर्व गर्न लायकको महानगर बनाउनुहुनेछ ।’
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया