आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:४७
वासिङटन डिसी 10:02

डिसीमा गोलीबाट पीस कोरका कार्यकर्ताको गोली लगेर मृत्यु भएकोमा फरार व्यक्ति पक्राउ

इनेप्लिज २०७८ मंसिर ९ गते १५:३८ मा प्रकाशित

अमेरिकाको राजधानी डिसीमा गोलीबाट पीस कोर कार्यकर्ताको मृत्यु भएकोमा एक व्यक्तिलाई पक्राउ गरिएको छ । गत गर्मीमा उत्तरपश्चिम डीसीको लोगान सर्कल (वृत)नजिकै वहकिएर आएको गोलीबाट पीस कोर कार्यकर्ताको मृत्यु भएकोमा गत बुधबार एक व्यक्तिलाई पक्राउ गरिएको छ ।

डिसी महानगर प्रहरी प्रमुख रोबर्ट कोन्टीले गत बुधबार दिउँसो उत्तरपूर्वका २५ वर्षीय डेरे एन्थोनी विल्सनलाई क्यापिटल इलाका क्षेत्रीय फरार कार्यबलले गिरफ्तार गरेको समाचार डब्लुटिओपिले लेखेको छ ।

मेरिल्याण्ड राज्यको टकोमा पार्क( शहर) का ५३ वर्षीय जेरेमी ब्ल्याकको हत्यामा सशस्त्र उक्त व्यक्तिलाई दोस्रो-श्रेणीको हत्याको आरोप लगाइएको छ ।

ब्ल्याकलाई जुन २९ मा आर स्ट्रिट नर्थवेस्ट( आर मार्ग )को १४०० भवन समूहमा आफ्नी श्रीमतीसँग चमेना गृहबाट बाहिर निस्कने क्रममा दुई व्यक्तिले गोली हानेर हत्या गरेका थिए। उहाँ दुई सन्तानका पिता हुन् भने पीस कोरको कार्यालयमा काम गर्थे ।

“हाम्रो समुदायहरूमा यस प्रकारको हिंसाको लागि कुनै ठाउँ छैन,” कोन्टीले भने। शंकास्पद व्यक्तिको खोजी भइरहेको उनले बताए ।

“प्रहरीको राम्रो काम, हाम्रा साझेदारहरूसँगको सहकार्य र विज्ञानको परिणाम हो।” उनले संघीय कानून प्रवर्तनलाई श्रेय दिए, विशेष गरी मदिरा, सुर्ती,, बन्दुक र विस्फोटक बिभाग जसले अस्त्र-विज्ञान र डीएनए प्रमाणहरूको विश्लेषण गरेको बताए ।

 

प्रतिक्रिया