आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:४४
वासिङटन डिसी 09:59

चोरहरूको समूहले क्यालिफोर्नियामा दुई अत्यन्तै महङ्गा पसलबाट दिन दहाडै लुटपाट

इनेप्लिज २०७८ मंसिर ९ गते १२:३० मा प्रकाशित

चोरहरूको समूहले क्यालिफोर्नियामा दुई अत्यन्तै महङ्गा पसलबाट दिन दहाडै लुटपाट गरेका छन् । क्यालिफोर्नियामा बिशेष गरि व्यापारीहरुलाई लक्षित बनाउदै खुलमखुल्ला रुपमा चोरी गरि फरार हुने गरेका छन् । अमेरिकामा चाडपर्व नजिकिदै जाँदा चोरी बढेको छ ।

चोरहरूको समूहले गत बुधबार नोभेम्बर २४ का दिन क्यालिफोर्नियाका दुई वटा महँगा पसलहरूबाट सामानहरू चोरी गरेको अधिकारीहरुले बताए ।

केही अमेरिकी शहरहरूमा यस्तै अपराधहरूको श्रृंखला हुदै गर्दा उक्त शहर पनि अछुतो रहेन ।

लस एन्जलसमा कम्तिमा पाँच व्यक्तिहरू कानोगा पार्कको नर्डस्ट्रम स्टोर(चर्चित पसल) भित्र गए र सात वा आठ महँगो महिलाका हाते झोला (पर्स)हरू सहितका सामानहरू चोरेर कुलेलाम ठोकेका छन् ।

डकैतीको समयमा, संदिग्धहरूले एक सुरक्षा कर्मीलाई आक्रमण गरे र कालो खोर्सानीको सिर्का (स्प्रे )गरे, उपप्रमुख एलन ह्यामिल्टनले भने।

कम्तिमा एक संदिग्धले सुन्तला रंगको नक्कली कपाल लगाएका थिए भनि सिएनएनले समाचार लेखेको छ । सोही बुधवार प्रहरीले कम्तिमा चार व्यक्तिले सान फ्रान्सिस्कोबाट ५५ माईल उत्तरमा अवस्थित स्यान्टा रोजाको एप्पल पसलबाट २० हजार डलर मूल्य बराबरको सामान चोरेका थिए।

संदिग्धहरू १४ देखि १८ वर्षका बीचका थिए र उनीहरूले मुखावरण (मास्क)लगाएका थिए, प्रहरीले भने। चोरीको प्रकृति चकानाचुर बनाउने र लुड्याउने(स्मास एण्ड ग्राब) रहेको थियो ।

गत सोमबार कम्तिमा १८ व्यक्तिले लस एन्जलसको ग्रोभमा रहेको नर्डस्ट्रोम पसलमा प्रवेश गरी हजारौं डलरको व्यापारिक सामान चोरेका थिए र तीन जनालाई पक्राउ गरिएको छ ।

 

प्रतिक्रिया