सोमबार, मंसिर १३ २०७८
काठमाडौं १३:३०
वासिङटन डिसी 02:45

अमेरिकामा पछिल्लो २४ घन्टामा कोभिड-१९ बाट ९५ हजार संक्रमित, १,११७ जनाको मृत्यु

अस्पताल भर्ना हुने ११ प्रतिशत र कोरोना संक्रमित २४ प्रतिशतले वृद्धि

इनेप्लिज २०७८ मंसिर ९ गते ११:४९ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ९५ हजार १ सय ६९ पुगेको छ । यसै गरि कोरोना भाइरसबाट १ हजार १ सय १७ जनाको मृत्यु भएको छ ।

गत नोभेम्बर २४ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो भने कोरोना संक्रमण २४ प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले नोभेम्बर २५ बिहिबारका दिन अध्यावधिक गरेको तथ्यांक अनुसार अमेरिकामा हाल सम्म कूल ७ लाख ७६ हजार १ सय ९७ जनाको निधन भएको छ भने दैनिक औसतमा ६ प्रतिशतले मृत्यु दर घटेको छ ।

यसै गरी गत बुधबारका दिन सम्म कूल ४ करोड ८० लाख ६४ सय १ सय ५५ जना मानिसहरु कोरोना संक्रमित भै सकेका छन् । कूल ५१ हजार ६ सय १ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा ११ प्रतिसत वृद्धि भएको छ ।

यस्तै १३ लाख ६५ हजार ७ सय ३३ जनाले कोरोना जाँच गराएका छन् ।

यसै गरि सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५९.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६९.७ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८२.२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७०.९ प्रतिशतले लगाई सकेका छन् ।

यसैगरी १२ बर्ष माथिका उमेरकाले ६९.१ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६२.८ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९९.९ प्रतिशत र पूर्ण खोप ८६.१ प्रतिशत दिइएको सिडिसीले जनाएको छ । अमेरिकामा हाल सम्म १९ करोड ६१ लाख ६८ हजारलाई पूर्ण खोप दिई सकिएको छ ।

हाल सम्म तेश्रो खोप (बुस्टर डोज -अभिवर्धक खुराक )दिनेको संख्या ३ करोड ७० लाख नाघेको छ ।

प्रतिक्रिया