सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:००
वासिङटन डिसी 04:15

अमेरिकामा ५२ बर्ष पछि पहिलो पटक बेरोजगारी दावी (फाईलिङ्ग)न्यून

इनेप्लिज २०७८ मंसिर ९ गते २:३५ मा प्रकाशित

अमेरिकामा ५२ बर्ष पछि पहिलो पटक बेरोजगारी दावी  (फाईलिङ्ग)गर्ने काम न्यूनमा झरेको छ । यो बेरोजगारी दावी आश्चर्यजनक रुपमा माथिबाट एक्कासी तल झरेको छ ।

अमेरिकामा नयाँ बेरोजगारी दावी (फाइलिङहरू) कोभिड-१९ महामारीको प्रभाव अघि कहिले नदेखिएको स्तरमा पुगेको श्रम विभागले बुधबार आफ्नो साप्ताहिक प्रतिबेदनमा उल्लेख गरेको छ ।

वास्तवमा, नयाँ दावीहरूको संख्या आधा शताब्दी भन्दा बढीमा नदेखिएको स्तरमा झरेको छ भनि युपीआईले समाचार लेखेको छ ।

प्रतिवेदनले गत हप्ता १९९,००० नयाँ बेरोजगारी दावी भएको उल्लेख गरेको छ भने साप्ताहिक रूपमा ७०,००० भन्दा बढीले घटेको छ। यो १९६९ पछि सबैभन्दा न्यून नयाँ दाबी हो।

अमेरिकी अर्थतन्त्रमा कोरोनाभाइरसको महामारीले प्रभावित भएको अन्तिम हप्ता अगाडी अर्थात् मार्च २०२० को मध्यमा २,५६,००० फाइलिंगहरू (दायर ) बेरोजगारी दावी  गरेका थिए ।

थ्यांक्सगिभिंड (धन्यवाद दिवस)सेरोफेरोमा भएको मौसमी समायोजनले नयाँ दावीहरूमा न्यूनतम आउन ठूलो योगदान पुर्‍यायो, विभागले भन्यो। “मौसमी कारकहरूले अघिल्लो हप्ताको तुलनामा ८८,५७२ वृद्धि हुने अपेक्षा गरेको थियो,” श्रम विभागले विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया