सोमबार, मंसिर १३ २०७८
काठमाडौं १४:३८
वासिङटन डिसी 03:53

सबै नेपालीलाई एक बृत खाता परिकल्पना

एकबहादुर क्षत्री २०७८ मंसिर ९ गते ०:२९ मा प्रकाशित

नेपालीहरु देश बिदेश जहाँ रहे पनि धेरै नेपालीहरुको बृत खाता छैन । बिदेशमा रहेका धेरै नेपालीहरुको छ भने पनि पर्याप्त छैन अझ ग्रामिण नेपाली र धेरै शहरिया नेपालीको बृत खाता होइन कि बचत खाता नै छैन प्रचुर मात्रामा आर्थिक सम्बन्धि एजंसीहरुको एकलौटी लूटको प्रगतिको बखानमा देश गलत दिशामा गई राखेको छ। अर्को अहिलेकोआबश्यकता बत्ति शुल्क घटाएर सुबिधा दिने को सट्टामा स्वदे0शी रेफ्रिजेर्टर र बिधुत चुल्हो हरेक परिवारलाई उपलब्ध गराउन सके बिद्युतको खपत स्वास्थ्य र बचतमा प्रभाब परेर राष्ट्र नयाँ मोडमा जानेछ ।

आफ्नै कमाई आफ्नै देशको श्रोतमा लगानी भै आफनै ब्यबस्थापनमा आफनो बृत खाता

यो लेखमा मैले बृत खाता के हो र कसरि निर्माण गर्ने कसरि शुरु गर्ने किन आबश्यक छ कसरि उपयोग गर्ने नेपालीको लागि उपयुक्त बृत खाताको बारेमा प्रकाश पार्ने कोशिश गरेको छु। यो एक ठूलो आर्थिक आन्दोलन शुरु गर्ने छ। तीन करोड नेपाली देश रहेका एक पटक नेपाली भएका तर बिदेशी भएका समेतले रु २९,८०५ को बृत खाता उपहार स्वरुप पाउने छन्।

बृत खातामा तीन करोड नेपालीले नेपालमा रहेकाले बार्षिक रु ५५ अरब र बिदेशमा रहेकाले अर्को रु ५० अरब गरि १ खरब बृत खातामा जम्मा हुनेछ। हरेक बर्ष  ७५३ स्थानिय तहहरुमा रु ४ करोड ६४ लाखका दरले रु ५५अरब शेयर पूंजी अनि ७ प्रदेश रु ५ अरब र अर्को  संघिय सरकारमा रु ३५ अरब गरि रु १०५ अरब ति बृत खाताबाट लगानी गर्न उपलब्ध हुनेछ लगानी गर्नु पर्नेछ।

तीन करोड नेपालीलाई रु ३० -३० हजारको बृत खाता उपहार

बैंक तथा आर्थिक सेवा, अपारदर्शी नोटको बिस्थापित अनि संम्पुर्ण भ्रस्ट्राचार तथा धेरै अपराधको निर्मूल हुने साधन बृत खाताको बारेमा बिबेचना र ति प्राप्तिको लागि देश विदेश जहाँ पनि यो कोरोनाको महामारीको बाबजूद यसलाई अबसर मानि तीन करोड नेपालीले सानो सशक्त एक्बधयता देखाउनु पर्ने हुन्छ। तीन करोड लीले एक्बधयता देखाउनको लागि सार्बजनिक शेयर आन्दोलनमा सक्रिय हुनु पर्छ । सार्बजनिक शेयर आन्दोलनको सम्बन्धमा लेख केहि दिनमा प्रकाशित हुनेछ।

बार्षिक स्वदेशी रु ५५ अरब र बिदेशी रु ५० अरब बचत परिचालन

पंक्तिकारको सहृदय आमाको स्वर्गाहोरणको दुखद समयमा यो आलेख लिपिबद्ध गरेको छ । निजको आमा भिम कुमारी तथा घनबहादुर बैदवार प्रति यो आलेख समर्प्रित गर्दछ । सबैको एक बृत होइन कि एकबहादुर बृत खाता प्रचलित नाम हुन् पनि सक्नेछ। निजले बृहद बृत खाता शुरुवातको सफलताको समेत् कामना गर्दछ।

के हो बृत खाता – अमेरिका बेलायतमा स्वेच्छिक कर छुटको रुपको करदाताहरुलाई मात्र अवसर दिए पनि परिकल्पित बृत खातामा देश बिदेश रहेका एकपल्टका नेपालीहरु सहित सम्पूर्ण नेपालीको लागि जन्म देखी अन्तिम घडीसम्म उपयोग गरिने छ। हरेकले बार्षिक रुपमा न्युनतम रकम वा आफनो कमाई/प्राप्त गरेको रकमको एक प्रतशित रकम जुन बढी हुन्छ सो रकम आफू वा आफनो परिवारको बृत खातामा अनिबार्य रुपमा र स्वेच्छिक दोब्बरसम्म जम्मा नेपाल स्थित बैंकमा रहेको बृत खातामा जम्मा गरिनेछ। न्युनतम रकम नेपालमा रहेकाले रु १ हजार बिकशित मूलका अमेरिका बेलायतका जस्ता मुलकमा रहेकाले रु १२ हजार (यु एस डलर १ सय) अन्य देशका हकमा रु ५,००० हुनेछ।

७५३ स्थानीयहरुको आफनै वडाको ऋण छात्रवृति कोष

यो बृत खाताको रकम आफु बाहेक अरु आफनै परिवारको लागि पनि उपयोग गर्न नपाउने तथा आफनो शेष पछिको रहल पहल पनि वडा ऋण छात्र वृति कोषमा जाने बिशेष ब्यबस्था हुनेछ ।

खातावाले आफनो १२ कक्षा भन्दा माथिको पुरा समय २ तह, आफनो निवास्थानको घर जग्गा खरीद गर्न २ पटकसम्म दुई तिहाईसम्म अनि ६५ बर्ष पछी मात्र वा समाजिक सुरक्षा ब्यबस्था अनुसार अशक्त भएको बेलामा प्रत्येक बर्ष २० प्रतिशत दरले दुई तिहाईसम्म निकाल्ने ।

रकम जम्मा गरेको रकम कर योग्य आयबाट छुट हुने सो लगानी प्राप्त हुने ब्याज लाभांश बोनोस कर मुक्त आय हुने भए तापनि रकम निकाल्दा कर योग्य आय हुनेछ साधारणतया आय कम हुँदा निकालिने हुँदा कर धेरैको रकम कर मुक्त हुन्छ। बिशेष बृत खाता बिदेश रहेकाको हकमा बिदेशमा कर लाग्ने भएमा सरकारले सम्पूर्ण कर छुट दिने गरिनु पर्छ।

लगानी ब्यबस्थापन बार्षिक एक खर्बको लगानी बार्षिक खर्बको बार्षिक राजस्व बृदी करमा राहत

बृत खाताको संचालन अहिलेको नेपालमा चलेको मेरो शेयरमा नै बृत खाता अलग ट्याब हुन् सक्छ अनि लगानी र बेच बिखन खाता वाला वा प्रतिनिधिले गर्ने हो र मर्चेन्ट बैंकले बृत खाताको ब्यबस्थापन गर्ने छ। राजस्वमा मर्चेन्ट बैंक र आफैले बार्षिक रुपमा प्रतिबेदन पेश गर्नु पर्छ। आफनो बृत खाता आफैसंग आफनै लगानी आफनै रेख देख हुनेछ। शेयर लगानी, मुद्दती लगानी गर्ने नगर्ने खातावालाको इच्छाको कुरा हो र लगानी नगरे प्रतिफल हुदैन र नोक्शानी पनि हुन् सक्छ।

आफनो बृत खाता आफैसंग आफनै लगानी आफनै रेख देख

लगानीको क्षेत्र प्रमुख शेयर नै हो। तर हामीले लगानी क्षेत्र स्तर तीन तह सरकार अनुसार आफनो स्थानीयमा प्रदेश अनि सनघयिएमा एक/एक तिहाई गरि आफ्नो स्थानीयको आर्थिक शिप बिकाशको गाउँ ठाउं छोडी देश बिदेशमा रहेकाको उपयोग गर्नको लागि लगानीको आधार भूत सिधान्त हुनेछ। तीन करोड नेपाली मध्य स्वदेशमा रहेकाबाट बार्षिक रु ५५ अरब र बिदेशमा रहेका ५० लाख नेपालीबाट अर्को रु ५० अरब गरि एक खरब ५ अरब हुनेछ। सो दामाशाहीले तिन सरकार क्षेत्रको प्रतिफल सहितको पब्लिक लगानी रु ३५ -३५ अरब शेयर लगानी वृत खाताबाट मात्र बृदी हुनेछ।

भ्रस्टाचार तथा अपराध मुक्त शान्ति क्षेत्र नेपाल

देशमा ब्याप्त उग्र भ्रस्ट्राचार र अपराधहरुले जडीकिएको कुरा कतै कसैबाट लुकेको छैन। दैनिक रु १५० करोड संघीय सरकारमा रु ५० करोड प्रदेश तथा स्थानीय सरकारमा गरि बार्षिक रु ७ खरब २० अरब भ्रस्ट्राचार तथा राजस्व चुहावट भएको छ। अज पब्लिक कम्पनिहरुमा र श्रोत नखुलाई लगानी गर्ने छुट जस्ता जटिल विकृत जटिल अपराधहरु येठेस्थ छन्।

आम जनताबाट ३३० सार्बजनिक कम्पनीमा एक बर्ष भित्र १२० अरब शेयर लगानी

साना वा ठूला अपराध भ्रस्ट्राचार तथा राजस्व चुहावट सबै हुनुको कारण रु ५०० र रु १,००० का कारण नै हुन्। जसले गर्दा रेकर्ड नगरी आर्थिक कारोबार सम्भब भएर नै बिकृतिले मल जल पाएको हो र पाउदै छ । ती ठूला नोटहरुको चल्न चल्ती खारेज गरेर मात्र ती अपराधहरु कम मात्र हैन निर्मूल गर्न सम्भब हुन्छ सो गर्नमा सबैसंग बैंक खाता छैन सबैलाई बैंक नेट वर्कमा ल्याउन छैन भनि बहाना बाजी गरका छन्। परिकल्पित बृत खाताको लागि बैंक खाता हुनु अनिबार्य छ। सबैको सहज बैंक खाता भए पछि ती नोटहरू हटाउन ठूलो दबाब हुन् पुग्छ। बृत खाताको ठूलो उपलब्धि हुनेछ र करका दर आधै कम भएर आम जनताले सेवा तथा बस्तुहरु देखिने गरि प्राप्त गर्नेछन्।

सार्बजनिक शेयर आन्दोलन 

यस बृतखाताले देशमा काया पल्टने छ। पैसाको अभाबमा देश निर्माण गर्ने संसदमा जान बन्चित हुनु पर्दैन। पैसाको भरमा धर्म प्रचार हुन्न। तपाईको छोरी बुहारीको बेच बिखन र बेश्या वृति हुन्न । सबै पति पत्नीको आपशीको साझेदारी देखावटी मात्र नभई आत्मिय हुनेछ। भर्जिन आईल्याण्ड स्विस बैंक होस् वा हुण्डी कारोबार त एकादेशको कहानी हुनेछ। नक्खु जेल, भद्रगोल जेल साथै जिल्ला जिल्लाका जेलहरु दिर्शयालोकन स्थल हुनेछन । यस्ता यस्ता सयौं सुधार हुनेछ जुन परिक्लापना पनि गरेको नै छैन। . त्यसैले तीन करोड जनतालागि यस्तो अति लाभकारी हुने बृत खाताको प्राप्तिको लागि जोडदार सघर्ष गर्नुपर्छ। कस्ले सबै तीन करोड नेपालीलाई रु ३०-३० हजार दिलाउछ? सिधा सत्य जवाफ सार्बजनिक शेयर आन्दोलन हो । (Link with IPO Share Aanndolan)

कसरि हुन्छ बृत खातामा रु २९,८०५ जम्मा, यो सबैको चासो को कुरा हो।

२००७ सालदेखी जति संघर्ष गरे ता पनि जति चुनाबी घोषणा गरे पनि एक बोतल रक्शीको भरमा नाना थरि आश्वाशन बोकेर जिन्दगि गएको छ अहिले एक परिवारमा होइन हरेक परिवार सदस्यको बृत खातामा रु मिति २०७८/५/५ रु २९,८०५ को बजार ल्यको दरले समान दरले यस आर्थिक वर्ष आ ब २०७८-२०७९ भित्र जम्मा हुने कुरा अच्चम्म लाग्दो हो तर भरपर्दो कुरा पनि हो।

अब कसरि ?

१ – सार्बजनिक कम्पनीको ३० प्रतिशत आपीओ शेयर लगानी गर्न आफनो बचत खाता खोलेर, डीम्याट खाता खोलेर र मेरो शेयर समेत लिएर मात्र इन्टरनेट को माध्यमबाट आ पी ओ शेयर निबेदन दिन सकिने हुँदा स्थानीय वडा सरकारले कुनै बैंकसंग समन्वय गरि ति तिनै खाता हरेक इच्छुक ब्यक्ति गरि दिने र आ पी ओ शेयर निबेदन गर्न सहयोग गर्ने

२- स्थानीय सरकारले रु १,००० अनि प्रदेश सरकारले रु५०० र संघिय सरकारले अर्को रु १,००० का दरले हरेक बृत खातामा जम्मा गरिदिने। जम्मा गरिएको रकम स्थानीय सरकार तथा प्रदेश सरकारले जम्मा गरेको रकम रु १,५०० अनुदान हुने छ तर संघयीय सरकारले दिएको रकम पाँचौ बर्ष बार्षिक १० प्रतिशत ब्याज सहित वडा छात्रवृति कोषमा फिर्ता गर्नु पर्ने छ। तीन महिना भित्र र बृत खातामा जम्मा गरिनु पर्ने रकम जम्मा गरु पर्ने छ। बैंकहरुले बृतखातामा आ पी ओ शेयर निबेदनको लागि कर्जा दिन सक्नेछ।

३ – यसरि आई पी ओ खरिद गर्नको लागि रु ३ हजार र बैंक शुल्कको लागि बचत खातामा रु ५०० हुन्छ र बैंकले रु २ हजार ऋण दिंदा रु ५ हजारको ५ वटा आई पी ओ शेयर खरिद गर्न सकिन्छ। तालिकामा देखाए अनुसार तीन समूहको आई पी ओ शेयर खरिद र दिन दिन जारी हुने शेयर खरिद गर्न प्रयाप्त रकम हुन्छ।

४- बजार उदारीकरण र आधारभूत क्षेत्रमा समेत निजी क्षेत्र को सहभागितामा ३० प्रतिशत सार्बजनिक र ७० प्रतिशत प्रोमोटर्सको सहभागितामा २२९ पब्लिक कम्पनीको शेयर कारोबार भै राखेको छ तर ३० प्रतिशत सार्बजनिक शेयर तीन करोड नेपालीको हातमा पर्नु पर्ने र तीसौं बर्षको नाफा पाउनु पर्ने हो। तर केहि व्यक्तिको लागि नै शेयर बजार स्वर्ग भएको छ। ति सार्बजनिक कम्पनिहरुले र सरकारले गल्ति गरका गर्दैछन्।

५ – सरकारले गल्ति बुंदा २ अनुसार अनुदान दिएर सच्चाउनु पर्छ। सार्बजनिक कम्पनिहरुले ४ वटा आइपिओ तीन करोड नेपालीका बृत खाताको लागि हुने गरि बिगत ३०-४० बर्षको गल्ति सचाउने गरि अहिलेको जारी पुँजीको ३० प्रतिशत नबढ्ने गरि प्रति शेयर रु १०० दरमा नै जारी गरि आफनो गल्ति सच्याउनु पर्छ र जन दायित्व पुरा गर्नु पर्छ।

६ -कुन सार्बजनिक कम्पनी समुहले कति शेयर जारी गर्ने भन्ने विवरण मिति २०७८ /५ /५ को शेयर बजार मूल्यको आधारमा गरिएको छ। जस अनुसार सो बेला कायम रहेको जारी पूंजी र सार्बजनिक गरिनु पर्ने ३० % शेयर धेरै शेयर पूंजी भएको बाणिज्य बैंक समुहले २० शेयर अनि ति बाहेकको बित समुहले १० शेयर अनि बाणिज्य तथा बित समूह बाहेक अन्य समुहले १० शेयर गरि पुन ४० शेयर सार्बजनिक गरिनु पर्छ।

५ – सार्बजनिक कम्पनि आफना समूहले तालिकामा उल्लेखित अनुपातमा आर्थिक बर्ष २०७८-७९ भित्र हरेक तीन करोड नेपालीको हातमा ४० वटा पर्ने गरि शेयर प्रति शेयर रु १०० लियर शेयर निशाकशन तथा शेयर बाडफाँट गर्ने । अन्त त् हरेक नेपालीको बृत खातामा अहिलेको बजार मुल्य रु२९,८०५ हुनेछ।नोट – माथिका विवरणहरु सन् २०२१-८-२१ का दिनका हून। अन्य बितलगानी समूहमा – Finance ,Dev Banks,Micro Finance, Non-Life Ins, Life Ins and Investment तथा अन्य समूह – Hydro Power, Hotels, Mfg & Prog., Other and Trading.

निष्कर्ष :

सार्बजनिक शेयर लगानीमा आम नेपालीको सहभागिता अपिहर्य छ। वृत्त खाता पनि नितान्त आबश्यक र अपिहार्य छ। परिकल्पित वा परिमार्जित वृत्त खाता अपनाएर शेयर बजारमा र देश बिकाशमा निकै ठूलो योगदान हुनेछ। आम जनताबाट ३३० सार्बजनिक कम्पनीमा एक बर्ष भित्र १२० अरब शेयर लगानी हुनेछ। आम जनतासंग शेयर बैंक र वृत्त खाताको साथमा पारदर्शिता अपराध तथा भ्रस्ट्राचार मुक्त समाज हुनेछ !!

 

प्रतिक्रिया