सोमबार, मंसिर १३ २०७८
काठमाडौं १५:१६
वासिङटन डिसी 04:31

सिन्क्रोनाइज रक्तदान कार्यक्रम

इनेप्लिज २०७८ मंसिर ९ गते ०:१५ मा प्रकाशित

 

ब्लड डोनर्सअफ अमेरिकाले यो नोभेम्बर महिनाको तेश्रो साता भरी सम्भव भए सम्म अमेरिकाको सबै प्रदेशहरुमा सिन्क्रोनाइज रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार बिभिन्न प्रदेश हरुमा नोवेम्बर २० देखी नै रक्तदान कार्यक्रम सन्चालन हुँदै आएकोछ । धेरै जसो रक्तदान कार्यक्रम स्थानिय संघ संस्थाहरुको अगुवाइ, संयोजन, सहकार्य र आयोजनामा भै रहेकोछ । यसै गरी टेक्सासको अर्भिङ शहरमा रहेको नेपाली मन्दिरमा नोभेम्बर २१ आईतवारका दिन लुम्बिनी सेवा समाजको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ ।

रक्तदान कार्यक्रममा आयोजक, प्रायोजक अनी रक्तदाताहरुलाई साथ, समर्थन, हौसला र प्रोत्सहनको लागि बिभिन्न क्षेत्रका ब्यक्तित्वहरु, संघ संस्थाका प्रतिनिधिहरुको पनि उत्साहजनक उपस्थिती रहेको थियो । ब्लड डोनर्स अफ अमेरिका टेक्सासका संयोजक शिव काफ्लेले रक्तदान कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुको छोटो परिचय दिँदै यो साथ समर्थन र उपस्थितिको लागि धन्यवाद ब्यक्त गर्नु भयो ।

युलेश सिटी काउनसिल सदस्य टिका पौडेलले ब्लड डोनरस अफ अमेरिकाले सन्चालन गर्दै आएको कार्यक्रमहरुको उच्च मुल्याङ्कन गर्दै रक्तदान कार्यक्रमको सहकार्य संस्था लुम्बिनी सेवा समाजलाई यस्तो पुण्य कार्यको लागी बधाई अनी धन्यवाद दिनु भयो । साथै युलेश सिटि पनि रक्तदान कार्यमा सहकार्य गर्न चाहेको र सिटिबाट सम्भब भए सम्म हुन सक्ने साथ र सहयोगको लागी पहल गर्ने बताउनु भयो ।

त्यसै गरी नेपाली समाज टेक्सासका बरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले, लुम्बिनी सेवा समाजका कोषाध्यक्ष टंक अधीकारी, एन आर एन ए टेक्सासका महासचिव डा चण्डी भण्डारी, नुवाकोट अमेरिका सम्पर्क समितीका उपसभापती ज्योति पाण्डे तथा इन्द्रेणी साँस्कृतिक संघका पूर्व अध्यक्ष नेत्र पाण्डेले ब्लड डोनरस अफ अमेरिकाले अमेरिका भरी नै मानविय तथा सामाजिक क्षेत्रमा पुर्याउदै आएको योगदानको चर्चा गर्दै आवश्यक परेको खण्डमा सधैं साथ, सहयोग रहने र सहकार्यको लागी इच्छुक रहेको बताउनु भएको थियो ।

लुम्बिनी सेवा समाजका कोषाध्यक्ष टंक अधीकारीले सबै रक्तदाता तथा उपस्थित सम्पूर्णलाई धन्यबादका साथै हार्दिक आभार समेत ब्यक्त गर्नु भयो । संयोगबश आफ्नो संस्थागत कार्यक्रमको सीलशिलामा न्युयोर्कबाट एभेरेष्ट फेडेरल क्रेडिट युनियनका कार्यकारी निर्देशक निरज रिजालको नेत्रित्वमा आएको ब्याबसायीक टोलिको पनि उक्त रक्तदान कार्यक्रममा सगौरभ उपस्थिती रहेको थियो ।

रक्तदान कार्यमा रक्त संकलनको लागी प्राबिधिक सेवा तथा ब्यबश्थापनको लागि कार्टर ब्लड केयर सेन्टरबाट प्राबिधिक सहितको बस गाडीको ब्यबश्था गरिएको थियो ! बिहान ११:०० बजे देखी शुरु भएको रक्दान कार्यक्रम दिउसो ३:०० बजे सम्म भएको थियो भने जम्मा २० जना ब्यक्तीहरुले रक्तदान गर्नु भएको थियो ।

एक जना प्राबिधिक कारणबश रक्तदान गर्न सक्नु भएन भने समय अभावका कारण ३-४ जना दान सेवाबाट बन्चित हुनु परेको थियो । सफलतापुर्बक रक्तदान गर्ने हरुमा ज्योति पाण्डे, राजेन्द्र जोशी, सन्तोष कार्की, दिनेश खनाल, बिकास उप्रेती, नारायण श्रेष्ठ, अरुणा बासकोटा, बिनोद ढकाल, आदित्य बासकोटा, नरेश खरेल, बिबेक बिष्ट, खिम शर्मा, सुरेश अधिकारी, उत्सव लामिछने, मिलन पौडेल, पुषकर बन्जाडे, शिव गैरे, चण्डी भण्डारी, टिका पौडेल तथा महेश खँड्का हुनुन्छ भने प्राबिधिक रुपमा रक्तदान गर्न असफल हुनेमा इन्दिरा न्यौपाने हुनुन्थ्यो ।

उक्त रक्तदान कार्यक्रमको लागी आवश्यक पर्ने खाजाको व्यवस्था पत्रकार तथा रियल्टर सुर्य थापाले गरी दिनु भएको थियो ।

गंगा ब थापा ब्लड डोनरस अफ अमेरिका

प्रतिक्रिया